Home समाचार वक्यौता नतिर्ने उद्योगलाई कारवाही गर्न सांसद यादवको माग

वक्यौता नतिर्ने उद्योगलाई कारवाही गर्न सांसद यादवको माग

by अंकुश दैनिक
1 views

काठमाडौं ।
जनता समाजवादी पार्टी नेपालका प्रमुख सचेतक प्रदीप यादवले ट्रंक लाइन र डेडिकेटेड लाइनको वक्यौता रकम नतिर्ने उद्योग र प्रतिष्ठानलाई कारवाही गर्न माग गरेका छन् ।

प्रतिनिधिसभाको विशेष समयमा बोल्दै सांसद यादवले नेपाल विद्युत प्राधिकरणले १५ दिनको समय दिएर सूचना निकालेपछि नटेरेको भन्दै राज्यले वक्यौता रकम अविलम्ब उठाउन र भुक्तानी नगर्नेलाई कारवाही गर्न माग गरे ।

सांसद प्रदीप यादवको धारणा :-

केही दिनअघि सदनमा ट्रंक लाइन र डेडिकेटेड लाइनको वक्यौता रकमसम्बन्धी कुरा उठाएको थिए । त्यसपछि नेपाल विद्युत प्राधिकरणले सूचना जारी गर्यो । उद्योगपति र प्रतिष्ठानलाई १५ दिनको म्याद दियो । जुन राज्यको बिसौ अर्ब रुपैयाँ बाँकी राखेको छ, भुक्तानी गरेन भने प्राधिकरणले नियमानुसार कालोसूचीमा राख्ने र विजुली काट्ने भनियो । तर आज महिनौ वित्दा त्यो पैसा उठेन । प्राधिकरणको सूचनालाई कुनै उद्योगपतिले टेरेन । किन टेरेनभन्दा केही उद्योगपति र प्रतिष्ठानका अगुवाहरु तथा त्यसमध्येको मुखियाले सबै उद्योगपतिलाई प्रधानमन्त्रीकहाँ लग्यो । प्रधानमन्त्रीको मौखिक निर्देशनमा ट्रंक लाइन र डेडिकेटेड लाइनको वक्यौता २०औ अर्ब रुपैयाँ रोकिएको सुनियो । के राज्यको वक्यौता रकम प्रधानमन्त्रीको ठाडो आदेशमा वक्यौता रकम तुरुन्त भुक्तानी गरेन भने त्यसलाई कारवाहीको दायरामा ल्याउनुपर्छ ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.