Home समाचार संघीयता खारेज गराउने चलखेल भइरहेको छ : सांसद यादव

संघीयता खारेज गराउने चलखेल भइरहेको छ : सांसद यादव

by अंकुश दैनिक
0 views

वीरगञ्ज ।

जनता समाजवादी पार्टी नेपाल (जसपा) का प्रमुख सचेतक प्रदीप यादवले ग्रान्ड डिजाइनअन्तर्गत संघीयता खारेज गराउने चलखेल भइरहेको आरोप लगाएका छन् ।

आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद यादवले अहिले सङ्घीयतालाई बदनाम र कमजोर पार्ने नियतले देशका विभिन्न स्थानमा जुलुस र प्रदर्शनै भइरहेकाले त्यसलाई रोक्न सरकारसँग माग गरे ।

यादवले भने, ‘यो मुलुकमा सङ्घीयता कसैको दान वा उपहारमा आएको होइन । लाखौँ जनताको सङ्घर्ष र हजारौँको बलिदानीबाट सङ्घीयता आएको हो । त्यसका कारण सङ्घीयतालाई कमजोर पार्ने वा बदनाम गराउने तत्त्वको पहिचान गरेर सरकारले तत्काल उनीहरूविरुद्ध कानुनी कारबाही अगाडि बढाइ हाल्नु पर्छ ।’

यादवले केन्द्रीय सरकारले सङ्घीयता बलियो बनाउन नचाहेको समेत आरोप लगाए । ‘यसलाई मजबुत बनाउने सरकारको काम हो । सबै शक्ति माथि राख्ने, प्रदेशलाई नदिने अनि कसरी हुन्छ ? सरकार बदनाम हुन्छ नै । अघिल्लो सरकार पनि त्यही, अहिलेको सरकार पनि त्यही बाटोमा छ,’ उनले भने ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.