Home समाचार उपभोक्ताको अधिकार संरक्षण गर्ने मन्त्री रिजालको प्रतिबद्धता

उपभोक्ताको अधिकार संरक्षण गर्ने मन्त्री रिजालको प्रतिबद्धता

by अंकुश दैनिक
0 views

काठमाडौँ :

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले बजारमा व्यावसायिक क्रियाकलापलाई स्वच्छ, पारदर्शी एवं प्रतिस्पर्धी बनाउँदै गुणस्तरीय वस्तु तथा सेवामा उपभोक्ताको पहुँच बढाएर उपभोक्ताको अधिकार संरक्षण गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडद्वारा आइतवार काठमाडौँमा सुपथ मूल्य पसल उद्घाटन गर्दै मन्त्री रिजालले उपभोक्ता स्वयंसमेत आफूले उपभोग गर्ने वस्तुको नापतौल, गुणस्तर, मूल्य, उपभोग गरिसक्नुपर्ने मितिबारे सचेत रहनुपर्ने बताउनुभयो ।

बेला बेलामा बजारमा अस्वस्थ प्रतिस्पर्धा, अस्वभाविक मूल्य वृद्धि, कृत्रिम अभाव, गुणस्तरहीन सामानको बिक्री हुने गरेको वास्तविकता सुनाउँदै मन्त्री रिजालले सरकारले बजारमा हस्तक्षेप गरी उपभोग्य वस्तुको मूल्यमा एकरुपता ल्याउने र गुणस्तरहीन सामाग्रीको बिक्री रोक्ने रणनीति अवलम्बन गरेको बताउनुभयो ।

मन्त्री रिजालले  असोज २१ गतेदेखि आगामी मङ्सिर ३ गतेसम्म सञ्चालनमा हुने सुपथ मूल्य पसलबाट लाभ लिन आम उपभोक्तालाई आग्रह गर्नुभयो ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.