Home समाचार मोतिया बिन्दु भएका बिरामीहरुकाे नि:शुल्क शल्यक्रिया

मोतिया बिन्दु भएका बिरामीहरुकाे नि:शुल्क शल्यक्रिया

by अंकुश दैनिक
0 views

सत्येन्द्र प्रताप सिंह,
रौतहट ।
विश्व दृष्टि दिवसको शुभ अवसरमा दुर्गा भगवती गाउँपालिका सहित विभिन्न पालिकाहरुबाट आएका मोतिया बिन्दु भएका आँखाका विरामीहरुलाई गौर आँखा अस्पतालमा शल्यक्रिया गरिएका छ ।
नेत्र ज्योती संघ गौर आँखा अस्पताल पुरेनवा ८ रौतहटमा मोतिया बिन्दु भएका विरामीहरुलाई विहिवार शल्यक्रिया गरिएको हो । विरामीहरुलाई नि:शुल्क रुपमा गरिएको शल्यक्रियामा डाक फाउन्डेशनले आर्थिक सहयोग पुर्याएको जानकारी दिदै शिविरका कार्यक्रम संयोजक सत्येन्द्र पाण्डेले दुर्गा भगवती गाउँपालिका, देवाही गोनाही नगरपालिका तथा अन्य पालिकाहरुमा लागेको शिविरमा शल्यक्रियाको लागि छनौंट भएका विरामीहरुलाई बुधबार ल्याएर शल्यक्रिया गरिएको तथा बिहीबार उनीहरुलाई विदाई समेत गरिएको उनले भने ।
विरामीहरुलाई गौर आँखा अस्पतालका प्रशासन प्रमुख नागेश्वर चौधरी, लेखा अधिकृत पवन न्यौपाने सहितका पदाधिकारीहरुले फलफुल वितरण गर्दै घाउ निको नभए सम्म घरमा राम्ररी बस्न सुझाव दिए ।
दुर्गा भगवती गाउँपालिका अध्यक्ष शम्भु सिंहको पहलमा शल्यक्रिया गराउन गएका बिरामी तथा कुरुवाहरुको लागि खानाको समुचित व्यवस्थापन गरिएको डाक फाउन्डेशनका पाण्डेले जानकारी दिए ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.