Home समाचार रोट्रयाक्ट क्लब अफ वीरगन्जद्वारा विद्यालयमा शुद्ध पिउने पानीका लागि धारा जडान

रोट्रयाक्ट क्लब अफ वीरगन्जद्वारा विद्यालयमा शुद्ध पिउने पानीका लागि धारा जडान

by अंकुश दैनिक
0 views

वीरगन्ज ।

‘हैप्पी स्कूल प्रोजेक्ट’ अन्तर्गत विद्यार्थी, शिक्षक र व्यवस्थापन पक्षलाई सहजरुपमा शुद्ध पिउने पानी उपलब्ध होस् भन्ने हिसावले धारा जडान गरिदिएर रोट्रयाक्ट क्लब अफ वीरगन्जले उदाहरणीय कार्य गरेको छ ।

बिहिबार रोट्रयाक्ट क्लब अफ वीरगन्जले श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय पर्सुतीपुर–३० मा एक कार्यक्रमको आयोजना गरेर शुद्ध पिउने पानीको धारा हस्तान्तरण गरेको हो ।

आरटीएन डा आनन्द कुमार झा र इन्स्पेक्टर भास्कर खतिवडाले संयुक्त रुपमा रिबन काटेर सो कार्यक्रम को उद्घाटन गरेका थिए।साथै कपाल काट्ने परियोजना अन्तर्गत द बियर्ड शॉपको सहयोगमा उक्त विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको कपाल पनि काटिएको  थियो ।

रोटरी क्लब अफ वीरगन्ज रोटेरियनका (निर्वाचित) अध्यक्ष निर्मल खातीर, रोटरी क्लब अफ वीरगन्जका पूर्व अध्यक्ष सोहन पोद्दार,चिकित्सा संयोजक वीरगन्ज सामुदायिक आँखा केन्द्र महेशसिंह धामी, द बियर्ड शॉपका विशाल शाह, रोटर्याक्ट क्लब अफ वीरगन्जका अध्यक्ष सन्नी सरार्फ, जिल्ला रोटरी रोटर्याक्ट रिलेसनका अध्यक्ष आयुष गुप्ता, सचिव विवेक पटेल, उपाध्यक्ष योगेश जैसवाल, पूर्व अध्यक्ष रोमित सिंह, आरटीआर आशिष श्रेष्ठ, आरटीआर सोनी गुप्ता झा, आरटीआर आकाश कलवार, आरटीआर अभिषेक सर्राफ, आरटीआर रोशिका बास्तोला, आरटीआर राहुल कुशवाह, आरटीआर अभिषेक कुशवाहालगायतको उपस्थिति रहेको थियो ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.