Home समाचार सरकारको लापरवाहीका कारण कृषि औजार कारखाना सञ्चालनमा आउन सकेको छैन: सांसद यादव

सरकारको लापरवाहीका कारण कृषि औजार कारखाना सञ्चालनमा आउन सकेको छैन: सांसद यादव

by अंकुश दैनिक
1 views

वीरगञ्ज ।
जनता समाजवादी पार्टी नेपाल (जसपा) का प्रमुख सचेतक प्रदीप यादवले सरकारको लापरवाहीका कारण वीरगञ्जस्थित कृषि औजार कारखाना पूर्ण रूपमा सञ्चालनमा आउन नसकेको बताएका छन् ।

सरकारले कृषि औजार कारखानाको जिम्मा समाजसेवी महावीर पुनलाई दिएपनि अनुदान वापतको रकम नदिँदा कारखाना पूर्ण रूपमा सञ्चालनमा आउन नसकेको यादवले बताएका हुन ।

पूर्व वन तथा वातावरण मन्त्री समेत रहेका यादवले भने, “वीरगञ्जस्थित कृषि औजार कारखानालाई पुन: सूचारु गर्ने जिम्मा सरकारले समाजसेवी महावीर पुनलाई दिएको थियो । उहाँले आफ्नो टोलीसँग कारखाना सञ्चालनमा ल्याएर परीक्षण समेत गरिसकेका छन् ।

तर उनलाई सरकारले दिनुपर्ने २७ करोड रुपैयाँ नदिँदा कारखाना पूर्ण रूपमा सञ्चालनमा आउन सकेको छैन ।सांसद यादवले सरकारले घोषणा गरेको रकम महावीर पुन तत्काल उपलब्ध गराउन माग समेत गरे

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.