Home Top News मधेशकै सर्वाधिक राशी पुरस्कार रहेको फूटवल प्रतियोगिता वीरगञ्जमा हुने

मधेशकै सर्वाधिक राशी पुरस्कार रहेको फूटवल प्रतियोगिता वीरगञ्जमा हुने

by अंकुश दैनिक
2 views

वीरगञ्ज ।

मधेशकै सर्वाधिक पुरस्कार राशी भएको फूटवल प्रतियोगिता वीरगञ्जमा हुने भएको छ । भेट्रान सिटी क्लब वीरगञ्जको आयोजनामा कार्तिक १८ गतेदेखि ‘प्रथम वीरगञ्ज गोल्डकप २०८०’ आयोजना गर्न लागेको हो ।

प्रतियोगिता बारे जानकारी दिन बुधबार आयोजित पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष सबिन बस्नेतले प्रतियोगितामा प्रथम हुने टिमले ११ लाख ११ हजार १ सय ११ रुपैया प्राप्त गर्ने बताए । उपबिजेताले ५ लाख ५५ हजार ५ सय ५५ रुपैँया पुरस्कार प्राप्त गर्ने छ । प्रथम वीरगञ्ज गोल्डकप ०८० फुटबल प्रतियोगिता आदर्शनगर रंगशालामा यहि कार्तिक १८ गतेदेखि २५ गतेसम्म सञ्चालन हुने क्लवले पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिएको हो ।

वीरगञ्ज महानगरपालिकाको मुख्य प्रायोजनमा हुन लागेको प्रतियोगितामा नेपाल तथा भारतीय शहरका टोलीहरुको सहभागिता रहनेछ । प्रतियोगितामा त्रिभुवन नेपाल फुटबल क्लब, नेपाल पुलिस फुटबल क्लब, संकटा क्लब, चर्च ब्वाईज युनाईटेड, झापा एफ सी, क्लाईभ हाउस, डम डम कोलकत्ता, नर्थ जोन फुटबल टिम दिल्ली र आयोजक भेट्रान सिटि क्लब वीरगञ्ज सहभागि रहनेछन् । करिब ८० लाख रुपैया खर्च हुने अनुमान गरिएको क्लवका अध्यक्ष बस्नेतले जानकारी दिए । प्रत्येक दिन हुने खेलको म्याच अफ द म्याचलाई समेत विद्यागत पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.