Home समाचार जन्मदिनको अवसरमा समाजसेवी अग्रवालद्वारा आर्थिक सहयोग

जन्मदिनको अवसरमा समाजसेवी अग्रवालद्वारा आर्थिक सहयोग

by अंकुश दैनिक
0 views

वीरगञ्ज

आफ्नो जन्मदिनको अवसरमा समाजसेवी एवं युवा उद्यमी नविनत अग्रवालले रक्त सञ्चार केन्द्र वीरगञ्जलाई आर्थिक सहयोग गरेका छन् ।

बुधबार समाजसेवी अग्रवालले रक्त सञ्चार केन्द्रमा आफ्ना प्रतिनिधी पठाएर नेपाल रेडक्रस सोसाइटी पर्साका कोषाध्यक्ष महन्थ ठाकुरलाई नगद २१ हजार रुपैयाँ प्रदान गरेका हुन् ।

समाजसेवी अग्रवालले गरिब तथा विपन्न बिरामीलाई निःशुल्क रगत उपलब्ध गराउनका लागि रक्त सञ्चार केन्द्रलाई आर्थिक सहयोग गरेका हुन् ।

त्यस अवसरमा रेडक्रस सोसाइटी रेशमकोठी उपशाखाका सचिव लालबाबु सिंह, छपकैया उपशाखाका ग्याससदिन ठकुराई, केन्द्रका प्राविधिक धिरेन्द्र झा, कुमार दाहाल, राजन श्रीवास्तव लगायतको पनि सहभागीता थियो ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.