Home Top News राजीनामा दिने तयारीमा छन् वीरगन्ज महानगरका सूचना अधिकारी कर्ण

राजीनामा दिने तयारीमा छन् वीरगन्ज महानगरका सूचना अधिकारी कर्ण

by अंकुश दैनिक
0 views

वीरगन्ज ।

पत्रकारले मंगेको सूचना उपलब्ध गराउन नसकेको कारण स्वयम् वीरगन्ज महानगरपालिकाका सूचना अधिकारी अरविन्दलाल कर्ण सूचना अधिकारीको पदबाट राजीनामा दिने तयारीमा आफु रहेको बताएका छन् ।

अंकुश दैनिक संग कुरा गर्दै अधिकारी कर्णले आजको दिनमा सूचना आम नागरिकले माँगेमा नियमले ७ दिन भित्र दिनु पर्छ यहाँ त जनतालाई सुसूचित गराउने अभिभारा बोकेका पत्रकारहरुले नियम पूर्वक सूचना मांग गर्दा दिने अवस्था छैन।

 

सम्बन्धित महाशाखाबाट सूचना मांग गर्दा अनुचित दबाबको कारणले खोजेको सूचना उपलब्ध गराउन नसकेको कारण आफू सूचना अधिकारीको कार्यभार सम्हाल्न नसक्ने जानकारी प्रमूख प्रशासकीय अधिकृतलाई गराएको बताउनुभयो।

कार्यलय समयमा दिनै पिच्छे अख्तियार दूरुपयोग अनुसन्धान आयोग हेटौंडाबाट कर्मचारीहरू वीरगन्ज महानगरपालिकामा अनुसन्धानको नाउँमा आउने गरेको कारण र पत्रकारहरुले माँगेको सूचना सम्बन्धी जानकारी बारे जम्मै भए गरेका कामहरु बारे अख्तिारद्वारा छानबिन भई रहेकोले नगर प्रमुख राजेशमान सिंहको ठाडो आदेशमा सूचना उपलब्ध नगराइएको श्रोतले जनाएको छ।

अख्तियारको टोली महानगरपालिका भित्र आउँदा उनीहरु चढ्ने गाडी नेपाल राष्ट्र बैंक भित्र थन्काएर जाने गरेको कारण उनीहरुको नियत माथि पनि वीरगन्जबासीहरु शंका गर्न थालेका छन् ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.