Home Top News गोली लागेर घाइते भएका बोर्डिङ स्कुलका संचालक सर्राफको निधन

गोली लागेर घाइते भएका बोर्डिङ स्कुलका संचालक सर्राफको निधन

by अंकुश दैनिक
0 views

बीरगंज ।

गोली प्रहारबाट घाइते भएका बारा जिल्लास्थित बाल एकता इङिलस बोर्डिङ्ग स्कुलका संचालक रुपेश सरार्फको मृत्यु भएको छ । सोमबार दिउँसो करिब १ बजे अज्ञात समूहले सर्राफमाथि गोली प्रहार गरेको थियो ।

घाइते भएका सर्राफको बीरगञ्जस्थित वयोधा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको बाराका प्रहरी उपरीक्षक सुरेश काफ्लेले जानकारी दिए। उनको घाँटी र छातीमा चार राउण्ड गोली लागेको थियो ।

गोली प्रहार भएपछि उनलाई उपचारका लागि एलएस न्यूरो अस्पताल लगिएको र त्यहाबाट बयोधा अस्पताल लगिएको थियो।

भारतीय नम्बर प्लेटको मोटरसाइकलमा सवार गोली प्रहार गर्ने अज्ञात समूहका दुई जना कलैया बजार तर्फ भागेको हुन सक्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरी उपरीक्षक काफ्लेले बताए।

उनीहरुलाई नेपालबाट बाहिर जान नदिन नाकाहरुमा विशेष निगरानी गरिएको प्रहरी उपरीक्षक काफ्लेले जानकारी दिए।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.