Home समाचार पत्रकार राघव साहले गरे आर्थिक सहयोग

पत्रकार राघव साहले गरे आर्थिक सहयोग

by अंकुश दैनिक
2 views

वीरगन्ज ।

वीरगन्जका पत्रकार नेहाल खानलाई पत्रकार राघव साहले आर्थिक सहयोग गरेका छन् ।

पत्रकार खान बिगत २ महिना देखि पोष्ट कोभिड फाईब्रोसिस (फोक्सोमा समस्या) रोगबाट ग्रसित भई नारायणी अस्पतालको आइसियुमा भर्नाएका थिए ।

अस्पतालबाट डिस्चार्ज भइ हाल उनी घरमै स्वास्थ्यलाभ गरिरहेका छन् । खानकी पत्नी अजमा खातुनपनि क्यान्सरपीडित भएर चितवनकाे भरतपुरमा उपचारत रहेकी छन् ।

मंगलबार पत्रकार साहले पत्रकार खानकाे घरमै पुगेर ५१ हजार रुपैयाँको चेक खानलाई प्रदान गरेका हुन् । पर्दापास दैनिक पत्रिकाका प्रकाशक तथा नेकपा एकीकृत समाजवादी पार्टीका प्रचार विभाग सदस्यसमेत रहेका साहले आँफुले गरेकाे सहयोग प्रयाप्त नभएकोले पत्रकार खानलाई आर्थिक सहयाेग गरिदिन सबैलाई अपिलपनि गरे ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.