Home समाचार बिरगंज भंसारमा टिब्रेवाल ब्रदर्शको लुट

बिरगंज भंसारमा टिब्रेवाल ब्रदर्शको लुट

by अंकुश दैनिक
1 views

बिरगंज ।

नव नागरिक शुशील टिब्रेवाल र कमल टिब्रेवालले बिरगंज भंसारलाई दुहुने गाई बनाएर दिन दुगुनो रात चौगुनाको हिसाबले राजश्व माथि ब्रम्हलुट मच्चाएका छन् ।

गोल्यान समुह,विष्णु न्योपाने जस्ता कैयौं राष्ट्रिय राजश्वमारा व्यापारीहरुको भंसार एजेन्ट शुशील र कमल भएको र यी दुवै दाजु-भाईहरु बिरगंज भंसार कार्यालय एकीकृत जांच चौकीमा कर्मचारी रिझाएर न्युन विजकिकरण र अद्भुतमा गोलमाल गरी ट्रकका ट्रक र वेला वेलामा कन्टेनर नै राजश्व नतिरी गायब गर्ने हैसियतमा पुगेको बताइन्छ ।

बाबू आमा दुवै भारतीय नागरिक भएपनि २०६३ सालमा झुठो विवरण पेश गरी नागरिकता लिएका टिब्रेवाल ब्रदर्श माथि गृह मन्त्रालय र अर्थ मन्त्रालयका कर्मचारीहरु मेहरबान भएको कारणले यिनीहरुको लूटतन्त्र मजबुत भएको छ ।

टिब्रेवाल ब्रदर्श जस्ता राजश्वमाराहरुको कारण आर्थिक मन्दीको शिकार भएको मुलुक दिन प्रति दिन थला पर्दै गएको छ ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.