Home समाचार महालक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको २३औं साधारण सभा सम्पन्न

महालक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको २३औं साधारण सभा सम्पन्न

by अंकुश दैनिक
0 views

अंकुश संवाददाता,

बिरगंज ।

महालक्ष्मी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २३औं वार्षिक साधारणसभा आज साेमबार गहवामाई मन्दिरको अतिथी सदनमा सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष ईश्वरचन्द्र गौतमको सभापतित्वमा संचालन गरिएको कार्यक्रममा लेखा समितिका संयोजक प्रद्युमन प्रसाद सेढाईले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने आ.व. २०७९/८० को वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाका अध्यक्ष ईश्वरचन्द्र गौतमले संस्थाको कुल आम्दानी रु.६ करोड १९ लाख, खर्च रु.३ करोड ७९ लाख संचालन मुनाफा रु.२ करोड ४० लाख भएको र सदस्यहरुलाई १८% प्रतिशत लाभांश वितरण गर्न संस्था सफल भएको समेत जानकारी गराउनु भयो । संस्थाले पूँजीकोष १८ करोड पुर्याएर गीतामन्दिर रोडको उतरतर्फमा पांच तल्ले आफनो कार्यालय भवन निर्माण गरेको अध्यक्ष गौतमले जानकारी गराए ।

कार्यक्रममा प्रमुख अतिथि पर्सा बचत तथा ऋण सहकारी संघका अध्यक्ष राजेश पंडित, संस्थाका शेयरधनी सदस्य वरिष्ठ अधिवक्ता देवेन्द्र लाल नेपाली र उपेन्द्र पंडितले शुभकामना व्यक्त गरेका थिए भने धन्यवाद ज्ञापन अधिवक्ता बालमुकुन्द खरेलले गर्नुभएको थियो ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.