Home Top News यस कारणले सुख्खा हुँदैछ सुख्खा बन्दरगाह भन्सार वीरगन्ज !

यस कारणले सुख्खा हुँदैछ सुख्खा बन्दरगाह भन्सार वीरगन्ज !

by अंकुश दैनिक
6 views
अंकुश संवाददाता,

वीरगन्ज ।

सुख्खा बन्दरगाह भंसार कार्यालय वीरगन्जमा बेथितिले सिमा नाघेपछि भंसार बिभागले श्रावण देखी असोज महिना सम्म तोकेको राजस्व संकलन गर्न असफल भएको छ। बिभागले यस आ.व मा श्रावण देखी असोज सम्म १५ अर्ब ६० करोड ९८ लाख २५ हजार लक्ष्य तोकेको भएता पनि १३ अर्ब ११ करोड ६२ लाख ३३ हजार मात्र राजस्व संकलन भएको छ ।

भंसार प्रमुख डा. रामप्रसाद मैनाली कार्यलयमा प्राय नबस्ने गरेको र उनको रवाफ देखाउने बानीको कारणले कर्मचारी र व्यापारीहरु बीच समन्वय नभइ मनमौजी पाराले जस्ले जहाँ पायो त्यही कुम्ल्याउने प्रवृती बढदै गएको कारण त्यसको प्रत्यक्ष असर राजस्व असुलीमा परेको बताइन्छ । भंसार अधिकृत त्रय सुशील शर्मा, लेखबहादुर बस्नेत र शोभाकान्त वाग्ले १० बजे देखी ४ बजे सम्म जाडोको महीनामा कार्यलय खुल्ने नियमलाई धज्जी उडाउदैं बेलुकी ४ बजे देखी कन्टेनर खोलेर जाँच पास गर्ने नियम बनाएका छन ।
कार्यलयका अन्य कर्मचारीहरु आफ्नो जिम्माको काम सकाएर निवास फर्किने तयारीमा लागे पछी यो अधिकृत हरुको ‘तिकडी’ले सेटिङ मिलाउने काम शुरू गर्छन । जाँचपासमा सघाउन भंसार मूल्यांकन र दरबन्दी हेरफेर गरी ‘घोटाला’ गर्न अन्य तीन जना नासु सविन पौडेल, मन्दिप श्रेष्ठ र राजन भट्टराईलाई खटाउने गरिएको छ ।
भंसार एजेन्ट राजकुमार मोदी, मुकेश साह, रजभक्त श्रेष्ठ र श्याम पटेल जस्ता अन्य कैयौं राजस्वमारा एजेन्टहरुलाई सुख्खा बन्दरगाह भन्सार कार्यालय वीरगन्जले पोसेर राखेको बताइन्छ। प्रमुख भंसार अधिकृत डा. रामप्रसाद मैनालीको भाग सिस्टम अन्तर्गत नियमीत आउने गरेकाले उनी आफनो समय अन्तै काटिरहेको एक व्यापारीले दुःखेसो पोखेका छन।
सूचना अधिकारी संतोष न्योपानेको सरुवा भएपछि अहिले सम्म कसैलाई सूचना अधिकारी तोक्ने काम नभएको र सूचना अधिकारीले बोक्ने ९८५५०१३३५४ मोबाइल दुई महिना देखी बन्द रहेकोले पनि प्रमुख भन्सार अधिकृत डा. मैनाली कार्यलय प्रति जिम्मेवार नरहेको पुष्टि हुन्छ ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.