Home खेलकुद कोहलीले तोडे सचिनको रेकर्ड, एकदिवसीय क्रिकेटमा ५०औँ शतक

कोहलीले तोडे सचिनको रेकर्ड, एकदिवसीय क्रिकेटमा ५०औँ शतक

by अंकुश दैनिक
0 views

बिरगंज ।

भारतीय क्रिकेटर विराट कोहलीले एकदिवसीय क्रिकेटमा ५० औँ शतक प्रहार गरेका छन।

भारतमा जारी विश्वकप एक दिवसीय क्रिकेटको पहिलो सेमिफाइनलमा न्यूजिल्याण्डविरुद्ध शतक बनाउँदै विराट सबैभन्दा बढी ५०औँ शतक बनाउने खेलाडी बनेका हुन् । 

उनले भारतीय लिटिल मास्टर सचिन तेन्दुलकरको रेकर्ड तोडेका हुन् । १२ वर्षसम्म सचिनको नाममा ४९ शतकको कीर्तिमान रहेको थियो । 

तर कोहलीले लगातार शतक प्रहार गर्दै सचिनलाई उछिनेका हुन् । 

मुम्बईको वाङ्खेडे स्टेडियममा टस जितेर भारतले पहिले ब्याटिङ गर्दै आक्रामक प्रदर्शन प्रदर्शन गर्ने क्रममा कोहलीले शतक पूरा गर्दै शतकमा अर्धशतक बनाएका हुन् । 

उनले विश्वकपको एकै संस्करणमा ५० रन भन्दा बढी आठ पटक पूरा गर्ने कीर्तिमान पनि बनाएका छन् । यसअघि सचिन र बंगलादेशी खेलाडी शकिब अल हसनको नाममा ७–७ वटा ५० रन भन्दा माथिको रेकर्ड थियो । 

त्यस्तै विश्वकपको एकै संस्करणमा सबैभन्दा बढी रन बनाउने रेकर्ड पनि कोहलीले राखेका छन् । उनले २० वर्षअघि सचिनले राखेको कीर्तिमान तोडेका हुन् । सचिनले सन् २००३ को विश्वकपमा ६७३ रन बनाएका थिए । 

कोहलीले उक्त रेकर्ड पनि आफुनो नाममा लेखाएका छन् । 

कोहलीले एक दिवसीयमा सबैभन्दा बढी ५० प्लस रन बनाउने कीर्तिमानमा पनि दोस्रो स्थान हासिल गरेका छन् । कोहलीले श्रीलंकाली खेलाडी कुमार सांगाकाराको नाममा रहेको २१६ पटक ५० प्लस रनको कीर्तिमान तोडेर २१७ पटक यो कीर्तिमान राखेका हुन् । यो मामलामा शीर्ष स्थानमा भने सचिन नै रहेका छन् । सचिनले २६४ पटकको कीर्तिमान बनाएका छन् । 

विराट एक दिवसीयमा सर्वाधिक रन बनाउने मामलामा तेस्रो स्थानमा पुगेका छन् । उनले अष्ट्रेलियाका खेलाडी रिक्की पोन्टिङको नाममा रहेको १३ हजार ७०४ रन पार गरेका हुन् । 

दोस्रो स्थानमा रहेका सांगाकाराको १४ हजार २३४ रन छ भने सचिनको नाममा १८ हजार ४२६ रन रहेको छ । 

विराट विश्वकपको एकै सिजनमा ६०० बढी रन बनाउने तेसू्रो भारतीय पनि हुन । यसअघि सचिन र रोहित शर्माले यो रेकर्ड बनाएका थिए ।  

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.