Home समाचार पप्पु कन्ट्रक्सनका पूर्व-सञ्चालक रौनियारलाई अध्यक्ष ओलीले गरे एमालेमा स्वागत

पप्पु कन्ट्रक्सनका पूर्व-सञ्चालक रौनियारलाई अध्यक्ष ओलीले गरे एमालेमा स्वागत

by अंकुश दैनिक
0 views

बिरगंज ।

पप्पु कन्ट्रक्सनका पूर्व-सञ्चालक एवम् पूर्वसांसद हरिनारायण रौनियार नेकपा (एमाले) प्रवेश गरेका छन् । रौनियारलाई नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले मंगलबार पर्साको पोखरियामा भएको कार्यक्रममा खादा माला लगाएर पार्टीमा प्रवेश गराएका हुन् ।

जनता समाजवादी पार्टी (जसपा)को केन्द्रीय सदस्य समेत रहेका रौनियारको पप्पु कन्ट्रक्सनले जिम्मेवारी लिएर गरेका ठूला आयोजनाहरुका काम विवादित रहँदै आएका छन् ।

०७४ सालको निर्वाचनमा तत्कालीन संघीय समाजवादी फोरम नेपाल (हाल जसपा) बाट पर्सा क्षेत्र नम्बर ३ को संघीय सांसदमा निर्वाचित भएका रौनियार पप्पु कन्ट्रक्सन विरुद्ध भ्रष्टाचार मुद्दा दायर भएसँगै उनी निलम्बित भएका थिए ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.