Home Top News बाँडफाँडमा कुरा नमिल्दा असई यादवद्वारा जवानमाथी गोली प्रहार

बाँडफाँडमा कुरा नमिल्दा असई यादवद्वारा जवानमाथी गोली प्रहार

by अंकुश दैनिक
9 views

वीरगञ्ज ।

अनैतिक आम्दनीको बाँडफाँड नमिल्दा एक असईले आफ्नै प्रहरी जवानलाई गोली हानेको घटना दबाउने प्रयास विफल भएको छ। कार्तिक ३० गते राती ११ बजे महोत्तरीको मारुवाहि प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक बच्चा यादवले प्रहरी जवान राजेश साहको हातमा गोली हानी घाइते बनाएका छन।

घाइते जवानको घटनालाई दबाउन असई बच्चा यादबले भारतमा उपचार गराई रहेको र यस कार्यमा उनको भाई सर्लाही जिल्लामा कार्यरत घुमुवा सहायक हवल्दार राम अयोध्या यादवले सघाई रहेको बुझिएको छ । घटना बारे महोत्तरीका प्रहरी उपरीक्षक प्रकाश मल्ललाई दुई दिन अगाडी मात्र थाहा भएपछि असई बच्चालाई हिरासतमा राखिएको छ ।

यस बारेमा प्रहरी उपरीक्षक प्रकाश मल्ल संग बुझ्दा उनले हतियार क्लियरएन्स गर्दा असई बच्चा यादवको पेस्तोलबाट गोली चलेर भितामा ठोकी प्रहरी जवान राजेश साहको कुममा गोली लागेको प्रारम्भिक जानकारी आफुले पाएको बताउनुभयो। तर घटना बारे समयमा जानकारी नगराएकोले र बाहिर अनेक किसिमका अफवाहहरु चली रहेकोले अनुसन्धान भएपछि मात्र जानकारी गराउने बताउनुभयो ।

प्रहरी उपरीक्षक प्रकाश मल्लको दावी प्रति उनका सहकर्मीहरु सन्तुष्ट छैनन्। महोत्तरी जिल्लामा कार्यरत एक प्रहरीका अनुसार हरेक युनिट इन्चार्जको डिउटी बेलुका ६ बजे देखी १२ बजे राती सम्म चौकी वाहिर हुने भएकोले हतियार क्लियरएन्स हुँदा गोली अचानक पड्केको दावीमा इमान्दारी झलकिदैन भने उनको दावी छ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.