Home Top News नवनागरिक टिवेडवाल ब्रदर्शद्वारा बिरगंज भंसारबाट अबैध कारोबार

नवनागरिक टिवेडवाल ब्रदर्शद्वारा बिरगंज भंसारबाट अबैध कारोबार

by अंकुश दैनिक
0 views

बिरगंज ।
केही वर्ष अगाडि बिरगंजमा भाडाको घरमा बस्ने शुरेश टिवेडवालको सम्पुर्ण परिवार भारतीयबाट नेपाली नागरिकमा परिणति भएका छन् । चोथमल जाटियाको कपडा फैक्ट्रीमा काम गर्ने शुरेस टिवेडवालका छोरा सुशील टिवेडवाल (मिन्टु) र कमल टिवेडवाल (सोनु) आज बिरगंज भन्सार नाकाको बेताज बादशाह भएका छन् ।

नेपालको राजनीतिक परिवर्तनको फाइदा उठाउदै नागरिकता ऐन २०६३ को बर्खिलाप भारतीय नागरिक भएकै अवस्थामा शुशील,कमल र उन्को परिवारले झुठो विवरण पेश गरि यहाँका स्थानीय,नेता र प्रशासनहरुलाई प्रभावित गरेर नागरिकता हासिल गरे ।

बर्मेली न्योपाने ब्रदर्श होस् वा नेपालको `टाइकुन´ मारवाडी, जम्मैको बिरगंज भन्सार नाका बाट `माल´ पास गराउने जिमा सुशील टिवेडवाल मिन्टुकै हो । युवाहरुले लागू औषधको रूपमा प्रयोग गर्ने रसायन पनि दरबन्दी परिवर्तन गरी टिवेडवाल ब्रदर्शले औषधी उद्योगको नाउँमा भन्सारबाटै भित्रयाई रहेको बताइन्छ ।

रंगुनबाट भागेर आएका केही मारवाडीहरुले नेपाललाई टाट पल्टाएको आरोप दुर्गा प्रसाइले लगाई रहेको र उन्को अभियानमा रैथाने मारवाडीहरु खुलेर जनता बीचमा आइरहेकोले गर्दा पनि विवादित राष्ट्रियता भएका टिवेडवाल ब्रदर्श जस्तहरुलाई नेपाली बैंकहरुले विश्वास गर्ने आधार नभएता पनि करोडौं ऋण लागानी गरेको बुझिएको छ ।

भन्सारका भ्रष्ट अधिकृतहरुबाट धाप पाएका मिन्टु्ले उनीहरुको नजराना पनि चलाउने गरेको र छाेटो अवधीमा यिनिहरुको दिन दुइगुना रात चौगुना प्रगती देखेर छिमेकीहरु औला टोक्न बाध्य भएका छन् ।

नेपालको नागरिकता लिने बेलामा भारतीय नागरिकता नत्यागेका दोहोरो नागरिक माथी कानुनी कारबाही अगाडि बढाउन जिल्ला प्रशासन कार्यालय सदैव तयार रहेको प्र.जि.अ हिरालाल रेग्मीले बताउनुभयो ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.