Home समाचार पत्रकार स्व. नरेश सर्राफको पहिलो स्मृति सभा सम्पन्न

पत्रकार स्व. नरेश सर्राफको पहिलो स्मृति सभा सम्पन्न

by अंकुश दैनिक
1 views

अर्जुन गुप्ता,

वीरगञ्ज ।

क्रियाशिल पत्रकार स्वर्गिय नरेश सर्राफको प्रथम स्मृति सभा शुक्रबार वीरगञ्जमा सम्पन्न भएको छ ।

समाजवादी प्रेस संगठन पर्सा, रेडियो वीरगंज र राष्ट्रिय सहारा दैनिकले संयुक्त रुपमा स्वर्गिय सर्राफको पहिलो स्मृती सभाको आयोजना गरेको हो । रेडियो वीरगंज परिसरमा आयोजित स्मृति सभालाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अथिती वीरगंज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहले स्वर्गिय नरेश सर्राफको नाम जिवन्त राख्न महानगरपालिकाले सदैव सहयोग गर्न तयार रहेको बताए ।

राष्ट्रिय सहारा दैनिकका प्रकाशक चन्द्रभुषण साहको अध्यक्षतामा भएको कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी, नेकपा एमाले पर्साका संयोजक डा.विश्वम्भर कुमार शर्मा, समाजवादी प्रेस संगठन नेपालका महासचिव राम कुमार एलन, जसपा पर्साका सचिव तबरेज अहमद, नेकपा एकीकृत समाजवादीका वीरगंज महानगर अध्यक्ष मनोज चौधरी, जनमत पार्टीका पर्सा जिल्ला सह इन्चार्ज मुकेश द्विवेदी, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष अनुप तिवारी, समाजवादी प्रेस संगठनका केन्द्रिय सचिव बृजलाल पासवान, रेडियो वीरगंजका समाचार प्रमुख ध्रुव अधिकारी, प्रेस सेन्टरका पर्सा अध्यक्ष दिपक गौतम, प्रेस चैतारी पर्साकी उपाध्यक्ष कविता खड्का, प्रेस युनियन पर्साका पूर्व सभापति रामनारायण कुर्मी लगायतकाले मन्तव्य राखेका थिए भने कार्यक्रमको संचालन पत्रकार शम्भु कुमार सुमनले गरेका थिए ।

नेपाल पत्रकार महासंघ पर्सा र समाजवादी प्रेस संगठन पर्साका कार्य समिति सदस्य समेत रहेका पत्रकार सर्राफको २०७९ मंसिर १५ गते अल्पायु मै हृदयघातबाट निधन भएको थियो ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.