Home Top News रुपेश हत्याकाण्डको मुख्य आरोपी छिट्टै कानुनको दायरामा आउने:- एसपी काफ्ले

रुपेश हत्याकाण्डको मुख्य आरोपी छिट्टै कानुनको दायरामा आउने:- एसपी काफ्ले

by अंकुश दैनिक
0 views

वीरगंज ।
बाराका शिक्षक रुपेश स्वर्णकारको हत्याकाण्डको मुख्य अपराधी पक्राउ नपरेकोमा परिवारजनले चिन्ता र आक्रोश पोखेका छन् ।

रुपेश स्वर्णकारको दिनदहाडै व्यस्त कलैया बजारमा हत्या हुँदा पनि तपाईहरुले प्रहरीलाई असहयोग गर्नुभयो । जाहेरी पनि ढिलो दिनुभयो भनी स्व. रुपेश स्वर्णकारको काकालाई प्रश्न सोधेका थियौ ?

जवाफमा उनले रुपेशको हत्या कार्तिक १३ गते भयो । मंसिर १४ गते जिल्ला प्रशासन कार्यालयमा प्रजिअले रुपेशको चरित्रमाथि औला उठाउँदै सम्पूर्ण बारा बासीको टाउको निहुराउने गरी अभिव्यक्ति दिनु र लगत्तै बारा प्रहरीले पत्रकार सम्मेलन गरी सि.डि.ओ.को भनाईलाई पुष्टि गर्दै पत्रकार सम्मेलन गरेपछि आफ्नो परिवारजन र शुभचिन्तकलाई असन्तुष्टि बढेको वताउनु भयो।

प्रहरीले राधा र रुपेशको अन्तरङ्ग भिडियो क्लिप फरेन्सिकले रिकभर गरेको भन्ने गरेको तर हालसम्म परिवारजनको त कुरा छाडौं हाम्रो शुभचिन्तक समेत कसैलाई नदेखाएको भन्दै यदी मृतक रुपेशको राधासँग कुनै किसिमको सम्बन्ध नै भएतापनि उसको हत्या गर्ने अधिकार त कसैलाई हुँदैन हामीलाई हत्यारा कानूनको दायरामा छिटोभन्दा छिटो आओस भने चाहना रहेको हरिओम सर्राफको भनाई थियो ।

रुपेशको हत्यामा संलग्न, मनोज गुप्ताको नातामा आफ्नो मामाको छोरी राधा गुप्तासँग अबैध सम्बन्ध रहेको र पतिपत्नी भएको भारतीय आधारकार्ड समेत फेला परेको बताइन्छ ।
राधा र मनोजले पटक–पटक आपसमा झगडा गर्ने गरेको र राधाले बोलाउदा रुपेशले आफ्नो स्टाफ रेयाजलाई लिएर जाने गरेको यो कुराले राधा रुपेश बीचको सम्बन्ध स्थापित गरेको देखिन्छ । मनोजले राधासँग अलग रहन पटक–पटक रुपेशसँग झै–झगडा मारपिट समेत गरेको भएतापनि कुनै घटना प्रहरी समक्ष विगतमा दर्ज किन गराइएन ? यो प्रश्नले कतैबाट उतर पाएको देखिँदैन ।

अंकुश दैनिकसँग कुरा गर्दै बाराका एसपी सुरेश काफ्लेले आफ्नो यहाँका कुनै मान्छेसँग वैर भाव नभएको र एउटा व्यवसायिक प्रहरी अधिकृतको हैसियतले सुक्ष्म अनुसन्धानमा जुटेको र नतिजा छिट्टै जनसमक्ष आउने बताउनु भयो ।
प्रहरी हिरासतमा भएकाहरु कुनै न कुनै भूमिकामा रहेको र प्रारम्भिक बयानमा चुकेको भन्दै सयजना दोषी उम्कोस तर एक जना पनि निर्दोष फस्नु नपरोस भन्ने सिद्धान्तमा आफु अडिग रहेको बताए ।

यता चरणवद्ध आन्दोलनमा रहेको एनप्याब्सन र प्याब्सनले आफ्नो घोषित आन्दोलन फिर्ता लिएको छ । नेशनल प्याब्सनका अध्यक्ष प्रभुलाल कुशवाहाले एक हप्ताभित्र अपराधीलाई पक्राउ गर्ने एसपी साहेबले आश्वासन दिनु भएकोले अनुसन्धानमा सघाउन आन्दोलन फिर्ता लिएको बताउनु भयो ।

जिल्ला सुरक्षा समितिको अध्यक्ष समेत रहने बारा जिल्लाको प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाको गैर जिम्मेवार अभिव्यक्तिले सुरक्षा चुनौती बढाएको र प्रहरी प्रशासनको साख घटाएको छ। यद्यपी उनले विज्ञप्ती निकालेर आफनो गल्ती सुधार्ने प्रयत्न गरेका थिए।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.