Home समाचार संसद् सचिवालयका महासचिव गौतमले दिए राजीनामा

संसद् सचिवालयका महासचिव गौतमले दिए राजीनामा

by अंकुश दैनिक
0 views

काठमाडौँ ।

संघीय संसद सचिवालयका महासचिव डा. भरतराज गौतमले पदबाट राजीनामा दिएका छन् । आफ्नो पदावधि बाँकी रहेकै अवस्थामा आइतबार साँझ उनले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राजीनामा बुझाएका हुन् ।

२२ बैशाख २०७७ मा महासचिवमा नियुक्त भएका उनको पदावधि सकिन ८ महिना बाँकी थियो । राजीनामा दिनुको कारण भने खुलिसकेको छैन ।

नयाँ महासचिवमा हाल सचिव रहेका पद्मप्रसाद पाण्डेय सिफारिस भएका छन् ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.