Home Top News सिम्रौनगढमा गोली चल्यो: एकजनाको मृत्यु

सिम्रौनगढमा गोली चल्यो: एकजनाको मृत्यु

by अंकुश दैनिक
0 views

बिरगंज ।

बाराको सिम्रौनगढ नगरपालिकामा भएको झडपको स्थिति नियन्त्रणमा लिन प्रहरीले चलाएको गोली लागेर घाइते एक युवकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सिम्रौनगढ नगरपालिका १ का २५ वर्षीय लक्ष्मी मुखिया छन् । नारायणी अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको बाराका प्रमुख जिल्ला अधिकारी नवराज मैनालीले पुष्टि गरे  । उनका अनुसार मुखिया पनि आन्दोलन गर्न पुगेका थिए ।

नगरपालिकामा आन्दोलनरत शिक्षक कर्मचारीले सो नगरपालिकाका नगरप्रमुख चढ्ने गाडी तोडफोडपछि आगजनी गर्न लागेपछि प्रहरीले अश्रुग्याँससहित गोली प्रहार गरेको थियो ।

बुधवार प्रशासकीय अधिकृत महेश  मिश्र नगर प्रमुखको गाडी चढेर कार्यालय जाने क्रममा आन्दोलनकारीले गाडीमा ढुङ्गा प्रहार गरेका थिए ।  ढुङ्गा प्रहारपछि आन्दोलनकारीहरूले गाडी जलाउने तथा नगरपालिकाको कार्यालयमा समेत ढुंगामुढा गर्न थालेपछि प्रहरीले गोली चलाएको बाराका प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले जानकारी दिए ।

नगरपालिकामा ५ महिनादेखि नगर अस्पताल बन्द छ भने एक साता देखि सामुदायिक विद्यालयहरूमा पठन पाठन पनि ठप्प छ । सो नगरपालिकामा शिक्षक, कर्मचारी, स्वास्थ्यकर्मीहरू १४ महिनायता सेवा सुविधा नपाएको भन्दै आन्दोलनमा उत्रेका छन् ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.