Home समाचार राँगाको प्रतिमा भत्काइयो,६ जना पक्राउ

राँगाको प्रतिमा भत्काइयो,६ जना पक्राउ

by अंकुश दैनिक
2 views

अंकुश संवाददाता,

वीरगञ्ज ।

बीरगंज महानगरपालिकाले वडा नं २१ परवानीपुरमा लगाएको भैसीको (मूर्ति) प्रतिमा तोडफोड गरेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा स्थानीय कृष्ण चौरसिया, पवन श्रीवास्ताव, राजन महतो, सौरभ पटेल, राकेश उपाध्याय र सागर साह रहेका छन् ।

वडा प्रहरी कार्यालय श्रीपुरले राँगाको मूर्ती भत्काएको आरोपमा ६ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ ।

वीरगञ्ज महानगरपालिकाले सौन्दर्यीकरणको नाममा हुनमान चोकमा राँगाको मूर्ति (स्मारक) राखेको थियो ।

नाम हनुमान चोक तर मूर्ति राँगाको राखेपछि केहि महिना अगाडी हिन्दूवादी यूवाहरुले विरोध प्रदर्शन गरेका थिए । राँगाको मूर्ति हटाएर हनुमान जीको मुर्ति स्थापना गर्न उनीहरु मेयर राजेशमान सिंहको ध्यानाकर्षण समेत गराएको थियो ।

मेयर सिंहले राँगाको मूर्ती नहटाएपछि आज दिउँसो केहि युवाको समूहले भत्काएको बताइएको छ ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.