Home Top News सिम्रौनगढ घटनामा काँग्रेस बारा सभापति गैर जिम्मेवार,पार्टीलाई बलियो बनाउनु भन्दा निजी स्वार्थ मै केन्द्रित

सिम्रौनगढ घटनामा काँग्रेस बारा सभापति गैर जिम्मेवार,पार्टीलाई बलियो बनाउनु भन्दा निजी स्वार्थ मै केन्द्रित

by अंकुश दैनिक
0 views

अंकुश संवाददाता,
बारा ।

नेपाली काँग्रेस बाराका सभापति राजेश राय यादव काँग्रेसका कार्यकर्ताहरुको संरक्षण गर्ने र उनीहरुलाई न्याय दिलाउने कार्यमा गैर जिम्मेवार देखिएका छन्।

सिम्रौनगढ नगरपालिकाको बिषयलाई लिएर भएको झडपमा प्रहरीको गोली लागेर मृत्यु भएका काँग्रेस सक्रिय सदस्यको घटनालाई लिएर काँग्रेसको केन्द्रिय कार्यालय देखि लिएर मधेश प्रदेश, काँग्रेस बारा १ का क्षेत्रिय कार्य समितिले बिज्ञप्ती निकालेर दुःख प्रकट गरेको र घटनाको दोषीलाई कारवाहीको माँग गरे पनि बारा काँग्रेसका सभापतिबाट त्यसलाई बेवास्ता गरेर काँग्रेस कार्यकर्ताको मनोबल खसाउने र पार्टीलाई कमजोर बनाउने कार्य गरेका कार्यकर्ताहरुले गुनासो गरेका छन्।

सिम्रौनगढका घटनालाई लिएर मधेश प्रदेशका मुख्यमन्त्री सरोज यादव  र नगरपालिका प्रमुख किशोरी साहलाई दोष लगाएर काँग्रेसका असन्तुष्ट कार्यकर्ताहरुले आन्दोलन गरि रहेपछि सभापति यादवले मुख्यमन्त्री सरोज यादवसँग रहेका नाता र आर्थिक लाभकै लागि घटनाको बिरोध गर्न नसकेका काँग्रेसका कार्यकर्ताहरु आक्रोशित बनेका छन्।

काँग्रेसका पुर्व केन्द्रिय सदस्य राधेचन्द यादवबाट बिरासतमा पार्टी सभापति बनेका यादवले सभापति पदलाई कार्यकर्ता संरक्षण भन्दा कमाई खाने भाडो बनाएको आरोप काँग्रेसमा बर्षौ देखि लगानी गरेका कार्यकर्ताहरुले दुखेसो पोखेका छन्।

गत संसदिय निर्वाचनमा पनि काँग्रेसको नेतृत्वमा रहेका गठबन्धनको उम्मेदवारलाई हराउनको लागि सभापति यादवले निर्वाचक्ष क्षेत्र २ मा आफ्ना भाई रोशन भनिने रबिन्द्र यादवलाई स्वतन्त्र उम्मेदवार बनाएका थिए।

यती मात्र नभएर सभापति यादवले सभापति बने पछि पार्टीलाई कमजोर बनाउन पुराना र सक्रिय कार्यकर्ताहरुलाई बेवास्ता गर्ने र नयाँ गुन्द्रे मुन्द्रेहरुलाई अगाडी पछाडी राखेर काँग्रेस सभापतिको गरिमा समेत बारामा खसाएका आरोप छ । गत मंसिर २७ गते  सिम्रौनगढ नगरपालिकामा भएको झडपलाई नियन्त्रण गर्न प्रहरीले चलाएको गोली लागेर सिम्रौनगढ १ का काँग्रेस सक्रिय सदस्य लक्ष्मी बिन मुखियाको मृत्यु भएको थियो।

नेपाली कांग्रेसको केन्द्रिय कार्यालयले बारामा पारिश्रमिक नपाएर आन्दोलनरत शिक्षकहरुको आन्दोलनमा प्रहरी हस्तक्षेप भएकोप्रति भर्त्सना गरेको थियो । प्रहरीको निर्मम दमन र गोली प्रहारबाट एक जनाको मृत्युसमेत भएको भन्दै कांग्रेसले मृतकका परिवारलाई क्षतिपूर्ति दिन र घाइतेहरुको निःशुल्क उपचारको व्यवस्था गर्न समेत सरकारसँग माग गरेको छ ।

सिम्रौनगढ नगरपालिकाका ३२ वटा सामुदायिक तथा धार्मिक विद्यालयका १९० जना शिक्षकहरु लगाएत साढे चार सय भन्दा बढि कर्मचारीहरु ६ महिनादेखि पारिश्रमिक नपाएपछि नगरपालिका अगाडि दुई महिनादेखि शान्तपूर्ण आन्दोलन गर्दै आएका थिए । तर बुधबार उनीहरुको आन्दोलनमा प्रहरी हस्तक्षेप हुँदा तनाव उत्पन्न भएको थियो ।

कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले शान्तिपूर्ण धर्नामा बसेका शिक्षकहरुमाथि प्रहरीले अनावश्यक हस्तक्षेप गरेको भन्दै घोर निन्दा र भर्त्सना गरेका थिए।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.