Home Top News दोहोरो नागरिक उमाशंकर बिरुद्ध मुद्दा दर्ता

दोहोरो नागरिक उमाशंकर बिरुद्ध मुद्दा दर्ता

by अंकुश दैनिक
1 views

अंकुश संवाददाता,

बिरगंज ।

चार महिना अगाडि देखि पर्सा प्रहरीको निगरानी तथा खोजी सूचीमा रहेको दोहोरो नागरिकता बोकेका सट्टा बजारको बादशाह उमाशंकर साव नेपालको कानुनबाट उन्मुक्ति पाउन गरेको षड्यन्त्र बिफल भएको छ।

सशस्त्र प्रहरीको भुपू एस.एस.पी र जिल्ला प्रशासन कार्यालय पर्साको एक नासू बिच उमाशंकरलाई नेपालको नागरिकता परित्याग गराउन चलखेल भए बमोजिम जिल्ला प्रशासन कार्यालयमा नागरिकता परित्याग गराउन निवेदन परेको थियो।

उमाशंकरलाई जोगाउन भुपू एस.एस.पी जिल्ला प्रहरी कार्यालय पर्सामा समेत आएको तर कारवाही बाट उम्किने उपाय नदेखें पछि नागरिकता परित्याग गराउन उनले पहल गरेको बुझिएको छ। प्रहरीले खोज तलास तिब्र बनाए पछि उमाशंकरको पैसा खाएको पर्सा मुद्दा फाटका नाशुले पर्साको क्राइम ब्रान्चमा फोन गरेर कुरा मिलाउन प्रयत्न गरेको सूत्रले जनाएको छ ।

झूठो विवरण पेश गरी पहिला आफु नागरिकता लिने त्यसपछि भारतीय श्रीमतिलाई बैबाहिक अंगीकृत नागरिकता दिलाउने र पुनः आफनो नागरिकता परित्याग गरी भारतीय हुने धन्दाले देश टाट पल्टिने अवस्थामा पुगेको छ । पर्सा जिल्लामा यो रोग जिल्ला प्रशासन कार्यालयका भ्रष्ट कर्मचारीहरुको सहयोगमा फस्टाउँदै गएको छ ।

उमाशंकरमाथी आज जिल्ला प्रशासन कार्यालय पर्सामा कारवाहीको लागी निवेदन परेको र दर्ता नं ११०७ रहेको बताइन्छ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.