Home समाचार पटेर्वा सुगौली गाउँपालिकाले क्षेत्राधिकार मिचेर ठेक्का लगाएकोमा सखुवा प्रसौनी गाउँपालिकाको आपत्ति

पटेर्वा सुगौली गाउँपालिकाले क्षेत्राधिकार मिचेर ठेक्का लगाएकोमा सखुवा प्रसौनी गाउँपालिकाको आपत्ति

by अंकुश दैनिक
0 views

वीरगञ्ज ।

पटेर्वासुगौली गाउँपालिकाले जथाभावी सीमांकन गरी टेन्डर आह्वान गरेकोमा सखुवाप्रसौनी गाउँपालिकाका अध्यक्ष यशवन्त यादवले आपत्ति जनानुभएको छ ।

पर्साको पटेर्वा सुगौली गाउँपालिकाले क्षेत्राधिकार मिचेर जमुनिया खोलाको नदिजन्य पदार्थ उत्खननको ठेक्का लगाएको अध्यक्ष यादवले आरोप लगाएका हुन् ।

सखुवा प्रसौनी गाउँपालिकाले आज नेपाल पत्रकार महासंघ पर्सामा पत्रकार सम्मेलनको आयोजना गरेर तत्कालिन मधुवन मथवल गाविस सखुवा प्रसौनी गाउँपालिकामा समायोजन भएकोले उक्त क्षेत्रको सम्पूर्ण प्राकृतिक श्रोत साधनहरु स्वतः सखुवा प्रसौनी गाउँपालिकामा पर्ने देखिएपनि पटेर्वा सुगौलीले अनाधिकृत रुपमा ठेक्का लगाएकोमा आपत्ति जनाएको हो ।

उनले सखुवाप्रसौनी गाउँपालिका वडा नं.१ मा पर्ने जमुनिया खोलाको टेण्डर पटेर्वासुगौली गाउँपालिकाले आफूखुसी सिमा निर्धारण गरी मिति २०८० कार्तिक ३ गते टेन्डर गरेकोमा घोर आपति जनाएका छन्। सो टेण्डर बदर गरी सिमाँकन निर्धारण गरी मात्र टेण्डर गर्न माग समेत अध्यक्ष यादवले गरेका छन।

पत्रकार सम्मेलनमा पूर्वपालिका अध्यक्ष प्रदीप जयसवाल, निमित्त प्रमुख प्रशासकीय अधिकृत राजेश्वर रौनियार, नेपाली कांग्रेसबाट वडा नम्बर १ का प्रत्यासी गिरीराज कडेल लगायतको उपस्थिति रहेको थियो ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.