Home समाचार उकृष्ट स्टार्ट अपको रुपमा एड्स बी मीडिया पुरस्कृत

उकृष्ट स्टार्ट अपको रुपमा एड्स बी मीडिया पुरस्कृत

by अंकुश दैनिक
0 views

बिरगंज ।

मधेस प्रदेश कै उत्कृष्ट स्टार्ट अपका रूपमा एड्स बी मीडिया प्रालि पुरस्कृत भएको छ ।

लिभिङ विद आइसिटीले आयोजना गरेको आइसिटी अवार्ड २०२३ मा एड्स बी मीडिया प्रालिलाई मधेस प्रदेश कै उत्कृष्ट स्टार्ट अपका रूपमा पुरस्कृत गरेको हो ।

सुचना तथा सञ्चार प्रविधि क्षेत्रको प्रतिष्ठित अवार्डको रूपमा परिचित ‘आइसिटी अवार्डको २०२३’ को ग्राण्ड फिनाले कार्यक्रम शुक्रबार द सोल्टी काठमाडौंमा सम्पन्न भएको हो ।

अपग्राड आइसिटी अवार्डको २०२३ इन एसोसिएसन विथ इनड्राइभको ग्राण्ड फिनालेमा सूचना तथा सञ्चार प्रविधि क्षेत्रसँग सम्वन्धित १४ विधाहरुमा विजेताको घोषणासँगै अवार्ड वितरण गरेको थियो ।

कार्यक्रममा कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्ण बहादुर जिसी, पूर्व मन्त्री गणेश साह र एफएसीसी आई स्टार्टअप कमिटीकी प्रमुख जुना माथेमाले एड्स बी मीडिया प्रालिका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत हिमांशु बरनवाललाई अवार्ड हस्तान्तरण गरेका थिए ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.