Home Top News पद पुनर्प्राप्तिका लागि काठमाडौंमा डा. भगवानको कसरत

पद पुनर्प्राप्तिका लागि काठमाडौंमा डा. भगवानको कसरत

by अंकुश दैनिक
1 views

अंकुश संवाददाता,

वीरगञ्ज ।

हरिखेतान क्याम्पसबाट हालै सेवा निर्वित गराइएका डा. भगवान यादव काठमाडौं बसेर बिभिन्न शक्ति केन्द्रमा धाइरहेको बुझिएको छ । पर्सा जिल्लाका नेपाली काँग्रेसको दुई ठुला नेताहरुलाई समातेर वर्तमान सरकारको निति निर्माताहरुलाई रिझाउन डा. भगवान यादवले अनेक हतकन्डा अपनाए पनि सफल नहुने हरीखेतानमा कार्यरत एक प्राध्यापकले बताए ।

नेपाली कांग्रेस पर्सा भित्र राम्रो हैसियत बनाएका नेताहरुले परिस्थिति र वास्तविकतालाई बुझेर पनि क्षणिक स्वार्थ पुरा गर्न आफ्नो इज्जत प्रतिष्ठालाई दाउमा लगाएको देख्दा आफुलाई आश्चर्य लागेको चर्चा गर्दै ती प्राध्यापकले वीरगन्ज विश्वविद्यालयको नाममा हरि खेतानको क्याम्पस प्रमुखको पदलाई प्रयोग गरी उठाइएको रकम कहाँ छ ? कस्को नाममा छ ? त्यसको खोजी निती कसले गर्ने भनि प्रतिप्रश्न गर्नु भयो ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.