Home Top News ईपीएस पीडितले ग्वार्कोमा गरे मन्त्रीको गाडीमा आगजनी

ईपीएस पीडितले ग्वार्कोमा गरे मन्त्रीको गाडीमा आगजनी

by अंकुश दैनिक
0 views

काठमाडौँ ।

ललितपुरको बालकुमारीमा मन्त्रीको गाडीमाथि आगजनी गरिएको छ ।

रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षाको विषयलाई लिएर आन्दोलनरत युवाहरूले भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले प्रयोग गरेको बा २ झ ५८६१ नम्बरको गाडीमा आगो लगाएका हुन् ।

मन्त्री र पीएसओलाई गाडीबाट बाहिर निकालेर प्रदर्शनकारीले गाडीमा आगो लगाएका हुन् । प्रदर्शनकारीले सडक पनि अबरुद्ध पारेका छन् । अहिले बालकुमारी क्षेत्र तनावग्रस्त छ ।

ईपीएस कोरिया शाखाले सिपबिल्डिङमा आवेदन दिएकामध्ये १८ जनाले मात्रै कोरिया भाषा परीक्षामा भाग लिन पाउने बताएपछि बाँकीले आन्दोलन गरेका हुन् ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.