Home समाचार वडाध्यक्ष चतुर्वेदीद्वारा विद्यालयमा ट्रयाक सुट र ब्याग वितरण

वडाध्यक्ष चतुर्वेदीद्वारा विद्यालयमा ट्रयाक सुट र ब्याग वितरण

by अंकुश दैनिक
0 views

अंकुश संवाददाता,

वीरगञ्ज ।

वीरगन्ज महानगरपालिका वडा नम्बर २५ का वडा अध्यक्ष आशुतोष चतुर्वेदीले वडा स्तरीय बजेटबाट दुइवटा सरकारी विद्यालयका विद्यार्थीहरुलाई ट्रयाक सुट तथा ब्याग वितरण गरेका छन् ।

वडा स्तरीय बजेटबाट वडा नम्बर २५ को ड्राईपोर्ट चोकमा रहेको नेरा आधारभूत विद्यालयमा १५० र खल्वाटोलाको विद्यालयमा १५० गरी तीनसय जना विद्यार्थीहरुलाई शुक्रबार ट्रयाक सुट र ट्रयाक सुट वितरण गरिएको वडाध्यक्ष आशुतोष चतुर्वेदीले जनाए ।

वडा भित्र पर्ने दुईवटा विद्यालयमा शुक्रबार ब्याग वितरण गरिएको र मौजे टोलमा रहेको विद्यालयमा भने आईतबार वितरण गरिने वडा अध्यक्ष चतुर्वेदीले बताए ।

ब्याग वितरण कार्यक्रममा वडा सदस्यहरु जगदीश साह तुराहा, सिकन्दर कुमार गुप्ता, महिला सदस्य तेतरी देवी र दलित महिला सदस्य फूलनियादेवी, वडा सचिव हरेराम चौधरी, प्रहरी चौकी ड्राईपोर्टका बरिष्ठ प्रहरी नायव निरीक्षक टेक बहादुर कार्की लगायतको उपस्थिति रहेको थियो ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.