Home खेलकुद टी–२० विश्वकपको खेल तालिका सार्वजनिक, नेपालको पहिलो प्रतिस्पर्धा नेदरल्यान्ड्ससँग

टी–२० विश्वकपको खेल तालिका सार्वजनिक, नेपालको पहिलो प्रतिस्पर्धा नेदरल्यान्ड्ससँग

by अंकुश दैनिक
0 views

बिरगंज ।

आईसीसी पुरुष टी २० विश्वकप क्रिकेट २०२४ को खेल तालिका सार्वजनिक भएको छ।

आईसीसीले शुक्रबार प्रतियोगितामा सहभागी टोलीको समूह र खेल तालिका सार्वजनिक गरेको हो ।

समूह डीमा रहेको नेपालले दक्षिण अफ्रिका, श्रीलंका, नेदरल्यान्ड्स र बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ।

समूह ‘ए’ मा भारत, पाकिस्तान, क्यानडा र अमेरिका छन्। समूह ‘बी’ मा इङ्ग्ल्यान्ड, अस्ट्रेलिया, नामिबिया, स्क्टल्यान्ड र ओमान छन्।

समूह ‘सी’ मा भने न्यूजिल्यान्ड, अफगानिस्तान, पपुवा न्यूगिनी, यूगान्डा र वेस्ट इन्डिज रहेका छन्।

सहभागी २० टोलीलाई ४ समूहमा विभाजन गरिएको छ। हरेक समूहका उत्कृष्ट २ टोलीले सुपर ८ मा स्थान बनाउनेछन् ।

जुन १ मा हुने पहिलो खेलमा सह आयोजक अमेरिका र क्यानडा आमने सामने हुनेछन्। यस्तै, सहआयोजक वेस्ट इन्डिज र पपुवा न्यू गिनीबीच दोस्रो दिन प्रतिस्पर्धा हुनेछ।

प्रतियोगितामा कुल ४१ खेल हुनेछन्। फाइनल भने २९ जुनमा हुनेछ।

नेपालका समूह चरणका खेलहरु
४ जुन :नेपाल र नेदरल्यान्ड्स, डालस
११ जुन :श्रीलंका र नेपाल, फ्लोरिडा
१४ जुन : दक्षिण अफ्रिका र नेपाल, सेन्ट भिन्सेन्ट
१६ जुन : बंगलादेश र नेपाल

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.