Home अन्तर्राष्ट्रिय इजरायलको दावी- उत्तरी गाजामा हमासको कमाण्ड संरचना पूर्णरूपमा ध्वस्त

इजरायलको दावी- उत्तरी गाजामा हमासको कमाण्ड संरचना पूर्णरूपमा ध्वस्त

by अंकुश दैनिक
1 views

एजेन्सी ।

इजरायलको सेनाले उत्तरी गाजा पट्टीमा रहेको हमासको कमाण्ड संरचनालाई ध्वस्त पारेको जनाएको छ ।

इजरायली सेनाका प्रवक्ता डेनियल हगारीले पत्रकारहरूलाई भने, ‘क्षेत्रमा प्यालेस्टाइनी लडाकुहरू अब छिटपुट र “कमान्डरहरू बिना” चलिरहेका छन्।  इजरायलले उत्तरी गाजामा हालसम्म ८००० भन्दा बढी लडाकू मारेको छ।’

ड्यानियल हगारीले इजरायलको ध्यान अहिले दक्षिणी र मध्य गाजामा हमासलाई ध्वस्त पार्ने कुरामा केन्द्रित रहेको बताए ।

गाजामा हमास नियन्त्रित स्वास्थ्य मन्त्रालयले दावी गरेको छ कि इजरायलले गाजामा गत तीन महिनामा २२ हजार भन्दा बढी मानिसको हत्या गरेको छ।

शनिबार भने पछिल्लो २४ घण्टामा १२० जनाभन्दा बढीको मृत्यु भएको छ । इजरायलको बमबारीका कारण गाजामा चारैतिर विनाश छ र २३ लाख मानिस विस्थापित भएका छन् ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.