Home समाचार गोपाल गिरी क्रियाशील पत्रकारिता पुरस्कारबाट पासवान पुरस्कृत हुने

गोपाल गिरी क्रियाशील पत्रकारिता पुरस्कारबाट पासवान पुरस्कृत हुने

by अंकुश दैनिक
2 views

अंकुश संवाददाता,

वीरगञ्ज ।

स्वर्गीय गोपाल गिरी क्रियाशील पत्रकारिता पुरस्कारबाट पत्रकार बृजलाल पासवान पुरस्कृत हुने भएका छन् ।

सोमबार बसेको नेपाल पत्रकार महासंघ पर्सा जिल्ला कार्यसमितिको बैठकले राष्ट्रिय सहारा दैनिकका सहसम्पादक पासवानलाई उक्त पुरस्कार प्रदान गर्ने निर्णय गरेको अध्यक्ष अनुप तिवारीले जानकारी दिए ।

उक्त पुरस्कार पासवानलाई आगामी माघ १ गते औपचारिक कार्यक्रमका बिच प्रदान गरिने अध्यक्ष तिवारीले जनाए ।

स्व. गिरी २०४७ सालमा पत्रकार महासंघ पर्सा शाखाको अध्यक्ष थिए । तत्कालिन वीरगन्ज उपमहानगरको मनोनित मेयर रहँदा २०६० साल माघ १ गते तत्कालिन माओवादीले गोपाल गिरीको हत्या गरेको थियो । उनै गिरीको सम्झनामा नेपाल पत्रकार महासंघ पर्साले यो पुरस्कार वितरण गर्दै आएको छ।

स्व.गोपाल गिरीकाे परिवारसँगको सहकार्यमा स्थापीत पुरस्कारको राशी अहिले २५ हजार रुपैयाँ छ ।

यो पुरस्कारबाट यसअघि शत्रुघन नेपाल, ध्रुब साह, प्रताप श्रेष्ठ, महेशचन्द्र गौतम, बिजय भण्डारी, केसी लामिछाने, श्याम बन्जारा, ओमप्रकाश खनाल, कन्हैयालाल केसरी र गया यादव पुरस्कृत भइसकेका छन् ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.