Home समाचार वडाध्यक्ष चतुर्वेदीद्वारा पोषण सामग्री वितरण

वडाध्यक्ष चतुर्वेदीद्वारा पोषण सामग्री वितरण

by अंकुश दैनिक
4 views

अंकुश संवाददाता,

वीरगञ्ज ।

भंसार टोलको सार्वजनिक धर्मशालामा आयोजित वीरगञ्ज महानगरपालिका वडा नं २५ का सुत्केरी महिलाहरुलाई वडा स्तरीय बजेटबाट पोषण सामग्री वितरण गरिएको छ । वीरगञ्ज महानगरपालिका वडा नं २५ को सहयोगमा र नेपाल महिला बिकास संघ वि.म.न.पा मिथिला नगर-१६, पर्साको आयोजनामा ३० जना सुत्केरी महिलाहरुलाई पोषण सामग्री वितरण गरिएको हो ।

पोषण सामग्री अन्तर्गत अण्डा, हर्लिक्स,शुद्ध घिउ,गेडागुडी,दाल,पोस्टीक अहार सेट,मिठाई लगायतको सामग्री वितरण गरिएको हो ।

पोषण सामग्री वितरण कार्यक्रम वीरगञ्ज महानगरपालिका वडा नं २५  का वडा अध्यक्ष आशुतोष चतुर्वेदीको अध्यक्षयता वितरण गरिएको थियो ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.