Home Top News संजय गुप्ता दोहोरो नागरिक,भारतिय निर्वाचन आयोगमा नाम हुनु नै भारतिय भएको शुद्ध प्रमाण : वाणिज्यदूत शशीभुषण कुमार

संजय गुप्ता दोहोरो नागरिक,भारतिय निर्वाचन आयोगमा नाम हुनु नै भारतिय भएको शुद्ध प्रमाण : वाणिज्यदूत शशीभुषण कुमार

by अंकुश दैनिक
72 views

अंकुश संवाददाता,
वीरगञ्ज ।

भारतिय नागरिकको हैसियतले भारतको निर्वाचन आयोगमा नाम दर्ज भएको व्यक्ति जन्मको आधारमा नेपाली नागरिकता लिएको पुष्टि भएको छ । त्रिवेणी समूहका संचालक वीरेन्द्र कुमार संघाईको साझेदारको रूपमा नेपालमा चिनिने संजय कुमार गुप्ता दोहोरो नागरिकताधारी रहेको प्रमाणले देखाउँछ । सांघाईको समित नेपाल, शिवशक्ति फीड र त्रिवेणी फीडमा नेपाली नागरिकको हैसियतले संजय साझेदार रहेको बताइन्छ ।

भारतको बिहार राज्यको गोविन्द गंज विधानसभा मुख्यग्राम ममरखा थाना मालाहि अरेराज अनुमण्डलको भाग संख्या १३९ EPIC नं AXH0413013 सिरियल नं ४६८ मा संजय कुमार भनि नाम उल्लेख भएको देखिन्छ । सो डिजिटल पानामा संजय सँगै उनको माता पिता दाजु भाई काका काकी समेतको नाम उल्लेख छ । यस बारेमा संजय संग बुझ्दा उनले त्यो कागजात झूठो भएको दावी गर्छन ।

डिजिटल भारतिय मतदाता नामावलीमा नाम भएको व्यक्ति शुद्ध भारतिय रहेको सब भन्दा ठुलो प्रमाण भएको वाणिज्यदूत शशीभुषण कुमारले बताउँनुभयो ।

संजय कुमार गुप्ताले मिति २०६३-११-११ गते जन्मको आधार देखाई तत्कालीन हरपतगंज गाबिस वडा नं ४ बाट नेपाली नागरिकता लिएको देखिन्छ। त्यहाँबाट सराई बसाई गरेर अहिले वीरगञ्ज महानगरपालिका वडा नं ५ मा बसाइँ सारेर नेपालको निर्वाचन आयोगमामा नाम दर्ता गराउन सफल भएका छन् ।

 

भारतको निर्वाचन आयोगमामा नाम दर्ता रहेको व्यक्ति आफु भारतिय नभएको र त्यो कागजात नक्कली भएको संजयको दाबीको बारेमा हामीले वीरगन्ज स्थित भारतिय महावाणिज्य दूतावासमा कार्यरत वाणिज्यदूत शशीभुषण कुमार सँग बुझ्दा उनले डिजिटल भारतिय मतदाता नामावलीमा नाम भएको व्यक्ति शुद्ध भारतिय रहेको सब भन्दा ठुलो प्रमाण भएको बताउँनु भयो ।

यदी कोइ भारतिय नागरिक नेपालको नागरिकता हाँसिल गरेको छ भन्ने उस्ले भारतमा रहेको मतदाता नामावली सूचीबाट नाम कटाउनु पर्ने हुन्छ त्यसो गरेको नपाएमा त्यो भारतको कानुन अनुसार पनि दण्डनीय अपराध भएको बताउनु भयो ।

 

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.