Home Top News पक्राउ परेका रामबहादुर बम्जनको घरमा भेटियो ३ करोड ३० लाख नगद

पक्राउ परेका रामबहादुर बम्जनको घरमा भेटियो ३ करोड ३० लाख नगद

by अंकुश दैनिक
0 views

काठमाडौं

आफूलाई ‘लिटल बुद्ध’ दाबी गर्ने रामबहादुर बम्जनलाईको घरबाट ३ करोड रुपैयाँभन्दा बढी नगद बरामद भएको छ।

केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले बूढानीलकण्ठस्थित बम्जनको घरबाट ३ करोड ३० लाख रुपैयाँ बरामद गरेको प्रहरीको भनाइ छ।  यसबाहेक उनको घरबाट १५ वटा मोबाइल, ३ ल्यापटप पनि बरामद भएको सीआईबीका एक उच्च अधिकारीले जनाएका छन्।

बम्जन मंगलवार साँझ काठमाडौंको बुढानिकण्ठबाट पक्राउ परेका थिए। ​ बम्जनमाथि २०७३ साल साउन २० मा आश्रममा आएका तीन युवतीलाई प्रलोभनमा पारेर यौनशोषण र बलात्कारपछि बेपत्ता गरेको आरोप छ।​

बम्जनविरुद्ध सर्लाही, मकवानपुर र सिन्धुपाल्चोकमा मुद्दा दर्ता छ। आश्रममा बसेका आनीसहित ४ जनालाई बेपत्ता बनाएको, बलात्कार गरेको र हत्या गरेको आरोपमा उनी प्रहरीको खोजी सूचीमा दिए।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.