Home Top News क्यानले सन्दीप लामिछानेलाई गर्‍यो निलम्बन

क्यानले सन्दीप लामिछानेलाई गर्‍यो निलम्बन

by अंकुश दैनिक
0 views

काठमाडौं ।

नेपाल क्रिकेट संघ क्यानले सन्दीप लामिछानेलाई निलम्बन गरेको छ । काठमाडौं जिल्ला अदालतले बलात्कार आरोपमा दोषी ठहर गर्दै ८ वर्षको जेल सजाय सुनाएपछि क्यानले निलम्बन गरेको हो ।

बलात्कारसम्बन्धी मुद्दामा बुधबार जिल्ला अदालत काठमाडौंले लामिछानेलाई आठ वर्षको जेल सजाय हुने निर्णय सुनाएको थियो ।

सन्दीपलाई जबरजस्ती करणी मुद्दामा कसुर ठहर गरी सजाय निर्धारण भएको हुनाले आदालतको आदेश मान्दै घरेलु तथा अन्तर्राष्ट्रिय क्रिकेट खेल गतिविधिबाट निलम्बन गरिएको जानकारी क्यानले दिएको छ।

‘राष्ट्रिय टिमका पूर्वकप्तान सन्दीप लामिछानेलाई जबरजस्ती करणीको मुद्दामा कसुर कायम गरी सजाय निर्धारण गिरएको र सम्मानित अदालतके आदेश अनुसार फौजदारी मुद्दामा दोषी ठहर भइ सजाय निर्धारण समेत भएकाले निज सन्दीप लामिछानेलाई घरेलु तथा अन्तर्राष्ट्रिय कुनै प्रकारका क्रिकेट खेल गतिविधिबाट निलम्बन गरिएको जानकारी गराउँदछौं’, विज्ञप्तिमा भनिएको छ ।

लामिछानेलाई बलात्कारको मुद्दामा कैद सजाय तोकिए पनि तत्काल जेल जानु पर्ने अवस्था भने छैन । उनले उच्च अदालतमा पुनरावेदन गर्न सक्ने अदालतले जानकारी दिएको छ ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.