Home Top News रुपेश स्वर्णकार हत्या प्रकरणः हत्यारा चञ्चल र मनोज भारतमा खुलेआम घुम्दै

रुपेश स्वर्णकार हत्या प्रकरणः हत्यारा चञ्चल र मनोज भारतमा खुलेआम घुम्दै

by अंकुश दैनिक
1 views

अंकुश संवाददाता,
वीरगञ्ज ।
बारा जिल्लाको प्रहरी उपरीक्षकको पकड भन्दा बाहिर अहीले पनि रुपेश स्वर्नकारका हत्यारा मौज गरी रहेका छन । २५/२६ वर्षको नयाँ उमेरका केटाहरु चञ्चल पाण्डे र मनोज गुप्ता दुबै यस क्षेत्रमा आतंकको पर्याय बन्दै गएको र भीडभाड वाला इलाकामा हत्या गरेर दहसत बनाउने आफुहरु को उदेश्य रहेको प्रहरी हिरासतमा उपचार गराई रहेका सुजितकुमार सिंहले प्रहरी समक्ष बयान दिएका छन ।

उनीहरूले चार जनाको हत्याको सुपारी समेत लिसकेको प्रहरीलाई दिएको बयानको क्रममा सुजितले बताएको सूत्रले जनाएको छ।

आफ्नै मामाको छोरीलाई श्रीमति बनाई आधार कार्ड समेत बनाई दिएको मनोज गुप्ता जो रुपेश स्वर्नकर हत्या काण्डका मुख्य खेलाडी बताईदै छ र चञ्चल पाण्डे दुबै अहीले भारतमा लुकिछिपी बसी रहेका छन। रुपेश हत्याकाण्डमा नयाँ ढङ्गले बारा प्रहरी अनुसन्धानमा जुटेको र सबै चकित हुने खालको परिणाम आउन सक्ने अनुमान गरिन् थालेको छ।

रुपेश स्वर्णकार हत्या प्रकरणमा संलग्न रहेका सात जना जेल चलान भएका छन्। जिल्ला अदालत बाराले कर्तव्य ज्यान, संगठित अपराध तथा हातहतियार खरखजाना मुद्दाको थुनछेक बहसमा कलैया–६ की राधा गुप्ता, कलैया–२२ का प्रवीणकुमार साह, सुवर्ण गाउँपालिका–८ का बिगु कुमार कानु, सुवर्ण गाउँपलिका–४ का चन्द्रिकाप्रसाद यादव, रौतहटको मोलापुर नगरपालिका–६ बस्ने कौशल किशोर यादव, सन्तोषप्रसाद र अरुण कुमारलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.