Home Top News भवन निर्माणमा अनियमितता भएको आरोप : निमित्त क्याम्पस प्रमुख राय

भवन निर्माणमा अनियमितता भएको आरोप : निमित्त क्याम्पस प्रमुख राय

by अंकुश दैनिक
0 views

सन्तोष रन्जितकार,
वीरगञ्ज ।

हरिखेतान बहुमुखी क्याम्पसको नयाँ भवन निर्माणमा अनियमितता भएको आरोप निमित्त क्याम्पस प्रमुख किशोरी रायले लगाएका छन् । आइतवार एक पत्रकार सम्मेलनको आयोजना गर्दै भवन निर्माणमा अनियमितता भएको आरोप निमित्त क्याम्पस प्रमुख राय लगाएका हुन् । 

वीरगन्ज ३ आदर्शटोलस्थित ८ कठ्ठा क्षेत्रफल जग्गामा २ करोड ७४ लाख रुपैयाँ लागतना निर्मित १० कोठाको एक तल्ले भवन निर्माणमा निवर्तमान क्याम्पस प्रमुख डा. भगवान यादवले आर्थिक अनियमितता गरेको आरोप निमित्त क्याम्पस प्रमुख रायले लगाएका हुन् ।

 

निमित्त क्याम्पस प्रमुख रायले क्याम्पसका लेखा प्रमुख विनोद यादवलाई भवन निर्माण र त्यसमा भएको सम्झौता तथा भुक्तानी सम्बन्धी कागजात माग्दा उहाँले आफूसँग कुनै कागजात नरहेको जवाफ फर्काए । उनले थपे, ‘आव २०७४/०७५ देखि आव २०७९/०८०  सम्मको अडिट रिपोर्ट र बैंक स्टेटमेन्ट माग गर्दा पनि लेखाप्रमुखले आफूसँग नरहेको र सबै कागजात पूर्वप्रमुख भगवान यादव सरलाई दिइसकेको जानकारी दिए। भवन निर्माणमा गरिएका अनियमितताको कानूनी रुपमा टुङ्गो लागेपछि अधुरो काम पुरा गरेर मात्र भवनमा कक्षा सञ्चालन गरिने जानकारी दिए।

निमित्त क्याम्पस प्रमुख रायले आफू क्याम्पस प्रमुखको जिम्मेवारी सम्हालेदेखि सम्पूर्ण कर्मचारीहरुलाई इमानदारीपूर्वक काम गर्न चेतावनी दिएको र काम नगरेको पाइएमा सिधै कारवाही गरिने समेत जानकारी दिए।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.