Home Top News मेयर सिंहलाई कारवाही गर्न कांग्रेसद्वारा प्र.जि.अ भुसाललाई ज्ञापन

मेयर सिंहलाई कारवाही गर्न कांग्रेसद्वारा प्र.जि.अ भुसाललाई ज्ञापन

by अंकुश दैनिक
0 views

अंकुश संवाददाता,

वीरगञ्ज ।

नेपाली कांग्रेस पर्सा क्षेत्र नं २ ले आज पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसाललाई ज्ञापन पत्र बुझाएको छ। अरुको छोरीलाई आफ्नो छोरी बनाएर नागरीकता दिलाएको मेयर राजेश मान सिंहलाई कानुन बमोजिम सिध्र कारवाही गर्न माग गर्दै मोलाहिजा गरेको खण्डमा आन्दोलनमा जाने ज्ञापन पत्रमा उल्लेख छ ।

क्षेत्रीय सचिव रंजित पटेलले प्र.जि.अ भुसाललाई बुझाएको ज्ञापनपत्र यस प्रकार रहेको छ ।

विरगंज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंह रहेका छन । राजेशमान सिंह भुपेन्द्रमान सिंहका छोरा हुन, यिनकी एकमात्र पत्नि अन्नपुर्णा मानन्धर हुन । विपक्षी राजेशमान सिंह र निजकी पत्नि अन्नपूर्णा मानन्धरको दाम्पत्य जीवनबाट सन्तानको रुपमा एकमात्र छोरा अं.वर्ष ३० को अनिशमान सिंहको जायजन्म भएको छ भन्ने कुरा विपक्षी राजेशमान सिंहले विभिन्न सरकारी निकायमा र बैंकहरुमा पेश गर्नु भएको पारिवारिक विवरणबाट प्रष्ट हुन्छ ।

विपक्षी राजेशमान सिंह नगर प्रमुख बन्नु भन्दा पहिला आज भन्दा ९ वर्ष अगाडि काठमाण्डौमा जन्मिएकी बाबु र आमाको नाउँ संझना नभएको एक जना भट्टराई थर भएको दम्पतिको छोरीलाई आफनो छोरी भनी निजको नाउँ रुबीना श्रेष्ठ राखी निजको जन्म मिति २०५९।३।३० उल्लेख गरी वीरगंज महानगरपालिका वडा नं. ३ को कार्यालयबाट मिति २०७१/७/२० गते जन्मदर्ताको झुठो प्रमाणपत्र बनाउन लगाएको देखिन्छ, निज राजेशमानले रुबीनाको जन्म मिति उल्लेख गरेको साल देखि झण्डै १२ वर्ष पछि सो झुठो जन्म दर्ता प्रमाणपत्र बनाएको देखिन्छ । विपक्षीहरुले झुठो विवरण दिई बनाएको जन्मदर्ताको रेकर्ड वडा नं.३ को कार्यालयमा मांग गर्दा वडा अध्यक्ष र सचिवले सो रेकर्ड हराई सकेको भन्ने कुरा भन्नु हुन्छ ।

विपक्षीहरुले आपसमा मिलोमतो गरी रुपैया पैसाको चलखेल गरी झुठो जन्मदर्ता बनाई सोहि झुठो जन्मदर्ताको आधारमा जिल्ला प्रशासन कार्यालयमा अर्काकी छोरीलाई आफनो छोरी हो भनी झुठो विवरण पेश गरी मिति २०७५।४।१३ गते रुबीना श्रेष्ठको नाउँमा ३४-०१-७५-०४८४७ नम्बरको नागरिकता बनाउन सफल भएका छन, सो नागरिकता सनाखत गर्ने व्यक्तिको नाउँमा राजेशमान सिंह र निजको नागरिकता नं. ३४-१६०३१८८१७ उल्लेख रहेको छ । उल्लेखित मितिमा लिईएको नागरिकताको अनुसूचि फराम वडा अध्यक्षले सिफारिस गर्ने व्यवस्था रहेकोमा रुबीना श्रेष्ठको नागरिकताको अनुसूचि फराममा वडा अध्यक्षबाट सिफारिस नगराई वडा सदस्य तुफैल अख्तरबाट सिफारिस गराएको तथ्य बाहिर आएको छ । विपक्षी रुबीना श्रेष्ठले सोहि नागरिकताको आधारमा जिल्ला प्रशासन कार्यालयबाट मिति २०७९।४।२४ गते नम्बर ११०३९६१७ को राहदानी पनि लिन सफल हुनु भएको छ । विपक्षीहरुले किर्ते गरी झुठो विवरण पेश गरी नागरिकता लिएको र सोहि नागरिकताको आधारमा राहदानी समेत लिएको कार्य बारे थाहा भए पश्चात जिल्ला प्रशासन कार्यालयमा केहि व्यक्तिले जाहेरी समेत दर्ता गराएको कुरा यस क्षेत्रिय समितिलाई थाहा जानकारी भएको छ, जाहेरी दर्ता भए पनि हाल सम्म कुनै कार्वाहि अगाडि बढेको अवस्था छैन र रानेशमान सिंह तथा निजकी किर्ते छोरी रुवीना श्रेष्ठ हाल सम्म पक्राउ परेको अवस्था छैन, राजेशमान सिंश नगर प्रमुखको हैसियतबाट सधैं कामकाज गर्दै आएका छन । अतः राजेशमान सिंहले गनू भएको कार्य नागरिकता ऐनको व्यव्स्था विपरितको कार्य भई सो कार्य अपराधिक कार्य भएकोले अपराध गर्ने अपराधिलाई अबिलंब पक्राउ गरी पदबाट निलंबनको प्रक्रिया अगाडि बढाई अन्य कार्वाहिको प्रक्रिया अगाडि बढाउन क्षेत्रिय समिति जोडदार माग गर्दछ । मांग पुरा नभए यो कार्य समिति आन्दोलन गर्न बाध्य हुनेछ र सो को जिम्मेवारी सम्बन्धित पक्षको नै हुनेछ भनि यो ज्ञापन पत्र श्री प्रमुख जिल्ला अधिकारीज्यू समक्ष पेश गरेका छौं ।

 

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.