Home Top News स्व. गोपाल गिरी स्मृति क्रियाशील पत्रकारीता पुरस्कारबाट पासवान सम्मानित

स्व. गोपाल गिरी स्मृति क्रियाशील पत्रकारीता पुरस्कारबाट पासवान सम्मानित

by अंकुश दैनिक
0 views

सन्तोष रन्जितकार,

बिरगंज ।
२० औं स्वर्गीय गोपाल गिरी स्मृति क्रियाशिल पत्रकारीता पुरस्कार पत्रकार बृजलाल पासवानलाई प्रदान गरिएको छ ।

नेपाल पत्रकार महासङ्घ, पर्सा शाखाको सभाहलमा सोमबार आयोजित कार्यक्रममा प्रमुख अतिथि पर्सा क्षेत्र नम्बर २ का सांसद एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य माननीय अजय चौरसियाले ५० हजार राशिको पुरस्कार पत्रकार पासवानलाई प्रदान गरे ।

गत पुस २३ मा बसेको पत्रकार महासंघ पर्साको बैठकले लामो समयदेखि वीरगन्जलाई कार्यक्षेत्र बनाएर पत्रकारीता गर्दै आएका पासवानलाई पुरस्कृत गर्ने निर्णय गरेको थियो ।

यसअघि यो पुरस्कार पर्साका पत्रकारहरु गया यादव , शत्रुघन नेपाल, केसी लामिछाने, महेशचन्द्र गौतम, श्याम बन्जारा, ओमप्रकाश खनाल, ध्रुव साह, विजय भण्डारी, प्रताप श्रेष्ठ महेश दासलगायतकाले पाइसकेका छन् ।

पत्रकार महासंघ पर्सा शाखाका अध्यक्ष अनुप तिवारीको अध्यक्षतामा आयोजित पुरस्कार वितरण कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रिय सचिव दिपेन्द्र चौहान, स्वर्गीय गोपाल गिरीका छोरा एवं राप्रपा नेता गिरिश गिरी, पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसाल, नेपाल प्रेस युनियन पर्साका अध्यक्ष विजय चौहान, प्रेस चौतारी पर्साका अध्यक्ष विजय भण्डारीलगायतको उपस्थिती रहेको थियो ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.