Home समाचार आइभीएफ प्रविधिबाट सुर्या हस्पिटलमा तिम्ल्याहा जन्मिए

आइभीएफ प्रविधिबाट सुर्या हस्पिटलमा तिम्ल्याहा जन्मिए

by अंकुश दैनिक
3 views

वीरगंज।
सुर्य अस्पतालमा उपचार गराएकी एक महिलाले तिम्ल्याहा बच्चालाई जन्म दिएकी छन् ।
अस्पतालकी वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. मोनिका यादव सिंहले आइभीएफ (इन–भिट्रो फर्टिलाइजेसन) प्रविधि’बाट उपचार गरेकी महिलाले साेमबार तिम्ल्याहा बच्चालाई जन्म दिएकी हुन् । तिन वटै शिशुहरुको तौल प्रथम छोरी २.५ के.जी,दोस्रो छोरी २.५ के.जी, तेस्रो छोरा १.५ के .जी रहेको डा.मोनिका सिंहले बताइन्।
महिलाले जन्माएकी तिनै जना शिशु स्वस्थ रहे पनि थप सावधानीका लागि उनीहरूलाई अस्पतालस्थित एनआइसीयू वार्डमा बाल रोग विशेष डा. कुश राज गिरीको प्रत्यक्ष निगरानीमा राखिएको अस्पतालका निर्देशक डा. सरोज सिंहले बताए ।
मधेस प्रदेशमा एक मात्र आइभीएफ सेन्टरका रूपमा रहेको सूर्या अस्पतालमा यसअघि पनि आइभीएफ विधिबाट उपचार गराएका दम्पतीहरूले सन्तान प्राप्ति गरिसकेका छन् । पछिल्लो एक वर्षदेखि अस्पतालमा उपलब्ध रहेको आइभीएफ विधिबाट उपचार गराएर हालसम्म ३५ वटाभन्दा पनि बढी दम्पतीले सन्तान प्राप्ति गरिसकेको डा. सरोजले बताए ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.