Home समाचार मुनाफाबाट संरक्षितपूंजी फिर्ताकोषको रु.४० लाख बचत र ऋणी सदस्यलाई वितरण

मुनाफाबाट संरक्षितपूंजी फिर्ताकोषको रु.४० लाख बचत र ऋणी सदस्यलाई वितरण

by अंकुश दैनिक
8 views

अंकुश संवाददाता,

वीरगञ्ज ।

महालक्ष्मी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले पर्सा जिल्लामै पहिलो पटक मुनाफाबाट संरक्षितपूंजी फिर्ताकोषको रकम बचत र ऋणी सदस्यलाई वितरण गरेको छ ।

बीरगंज माईस्थान गीता मन्दिर रोड स्थित महालक्ष्मी बचत तथा ऋण सहकारी संस्था लिमिटेड ले आ.व.२०७९/०८० को मुनाफाको २५ प्रतिशत रकम एक कार्यक्रम गरी संरक्षितपूंजी फिर्ताकोष आफनो बचतकर्ता र कृणी सदस्यहरुलाई रु.४० लाख वितरण गरेको हो ।

सहकारीको बारेमा अनेकथरीको कुरा सुन्दा पनि महालक्ष्मी बचत तथा ऋण सहकारीले माईस्थान गीता मन्दिर रोड स्थित ११ धुर जग्गामा पांच तल्ले कार्यलय भवन निर्माण गरी अफनो सदस्यहरुलाई निशुल्क मोबाइल बैंकिङ र प्रविधि मैत्री सेवा प्रदान गर्दै शेयर सदस्य लाई १८ प्रतिशत लाभाशं कर्मचारीलाई नियमअनुसार बोनस तथा इन्सेन्टिभ बचत तथा ऋणी सदस्यलाई मुनाफाबाट बोनस रकम स्वरुप संरक्षितपूंजी फिर्ताकोषबाट रु.४० लाख र सरकारलाई रु.३० भन्दा बढी विभिन्न कर वापत भुक्तान गर्नुका साथै समाजिक उतरदायीत्व अर्न्तगत गहवामाई मन्दिरको अतिथि सदन सौन्दर्यकरणमा रु.६ लाख गरी पर्सा जिल्लामा मात्र नभैइ नेपालमै एउटा उत्कृष्ट सहकारी संस्थाको रुपमा पहिचान बनाउन सफल भएको छ ।

सहकारीको निति र प्रविधिमा संचालन गरेर देशको विकाशमा सहकारीको कार्यलाई सर्वोत्कृष्ट बनाउनसक्ने संस्थाका प्रबन्धक जितेन्द्र वर्माले बताए ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.