Home Top News वीरगन्जको मेयर माथि कारवाही प्रक्रिया अघि बढी सकेको छ: गृहमन्त्री श्रेष्ठ

वीरगन्जको मेयर माथि कारवाही प्रक्रिया अघि बढी सकेको छ: गृहमन्त्री श्रेष्ठ

by अंकुश दैनिक
14 views

वीरगन्ज ।

नक्कली बाबु बनेर नागरिकता दिलाएको आरोप लागेका वीरगन्ज महानगरपालिकाको मेयर राजेश मान सिंह माथि कारवाही प्रक्रिया अघि बढी सकेको उपप्रधान एवं गृह मन्त्री नारायणकाजी श्रेष्ठले बताउनुभएको छ। पर्सा जिल्लाबाट गएको सर्वदलीय टोली सँग सिंहदरवार स्थित आफ्नो कार्यकक्षमा उजुरी पत्र बुझ्दै उनले सो कुरा बताएका हुन ।

टोलीमा रा.स्व.पा पर्साका जिल्ला संयोजक दिलिप कुमार कुर्मी, जनमत पार्टीका मुकेश द्विवेदी,नेपाली कांग्रेस पर्सा क्षेत्र नं १ का कार्यबाहक सभापति अनील सिंह,नेकपा एमालेका अजय कुमार गुप्ता, रा.प्र.पाका जलेश्वर सर्राफ, ज.स.पा का मनोज कुर्मी लगायतको सहभागिता रहेको थियो।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.