Home समाचार १० करोड लगानीको सुबिधा सम्पन्न होटल ‘होटल वृन्दावन सञ्चालनमा’

१० करोड लगानीको सुबिधा सम्पन्न होटल ‘होटल वृन्दावन सञ्चालनमा’

by अंकुश दैनिक
1 views

सन्तोष रंजितकार,

बिरगंज ।

बिरगंजमा सुबिधा सम्पन्न होटल वृन्दावन एन्ड फेमली रेस्टुरेन्ट खुलेको छ । बिरगंज वडा न.४ दुई नम्बर स्थित कन्या स्कुल संगै रहेको होटल वृन्दावन १० करोडको लागतमा बनेको र ५ तल्ले भवनमा ३० रुम रहेको होटेल सन्चालक पप्पु सरार्फले जानकारी दिए ।

होटलको उद्घाटन बिरगंज महानगर पालिकाका नगर प्रमुख राजेशमान सिंहले गर्नु भएको थियो । ग्राउन्ड फ्लोरमा पार्किङ्गको सुबिधा रहेको छ भने पहिलो तल्लामा रेस्टुरेन्ट , दोस्रो तल्लामा २ वटा ब्यान्केट हल , १ वटा मिटिङ्ग हल रहेको होटेलका संचालक सरार्फले बताए ।

त्यसैगरी तेस्रो र चौथो तल्लामा बासबस्नको लागि एसि रुमहरुको रहेको छ । नर्मल एसि रुमको चार्ज २२ सय रहेको र त्यसमा पनि खाजाको ब्यवस्था सहित ३० % छुट गरिएको छ साथै एसि सहित स्विटस रुमको ६ हजार दर रेट सहित ३०%  छुटको ब्यवस्था गरिएको सराफले जानकारी दिए।

त्यसैगरि रेस्टुरेन्ट एन्ड वारमा पनि खाना ,नास्तामा पनि आउने ग्राहक लाई  २०% छुटको व्यवस्था गरिएको सन्चालक सरार्फले बताए । छुटको व्यवस्था आजैको मिति देखि ६ महिना सम्मको लागि लागू हुने समेत बताए ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.