Home खेलकुद एनआई क्रिकेट कप : हेटौँडालाई ६५ रनले हराउँदै आयोजक नेशनल इन्फोटेक फाइनलमा

एनआई क्रिकेट कप : हेटौँडालाई ६५ रनले हराउँदै आयोजक नेशनल इन्फोटेक फाइनलमा

by अंकुश दैनिक
4 views

सन्तोष रंजितकार,

वीरगञ्ज ।

नेशनल इन्फोटेक(एनआई) कलेज फाइनलमा प्रवेश गरेको छ।

नारायणी रंगशालामा बुधबार भएको नेशनल इन्फोटेक(एनआई) कप क्रिकेटको पहिलो सेमिफाइनल खेलमा हेटौंडा स्कुललाई ६५ रनले हराउँदै नेशनल इन्फोटेक कलेज फाइनलमा पुगेको हो।

१ सय ४१ रनको लक्ष्य पछ्याएकाे हेटौँडाले १६.४ ओभरमा अलआउट हुदैं ७५ रनमात्र बनाउन सक्याे।उसका लागि रामचन्द्र धामीले २९ र साहेब यादवले १८ रन बनाए।

बलिङतर्फ  नेशनल इन्फोटेक(एनआई) वासिम अलि मन्सुरीले ५ , अरवाज हुसेनले ३ र सलमान मन्सुरीले १ विकेट लिए ।

यसअघि टस जितेर पहिले व्याटिङ गरेकाेनेशनल इन्फोटेक(एनआई)  निर्धारित ओभरमा ६ विकेटको क्षतीमा १४० रन बनाएकाे थियाे ।उसका लागि राहुल हकले सर्वाधिक ४५ रन, सफवान अलिले ३६ रन र वासिम अलि मन्सुरीले १८ रन बनाए ।बलिङतर्फ हेटौंडाका प्रन्जल उपाध्यायले ४ विकेट तथा राजा अहमद र विकेश बानियाले समान १/१ विकेट लिए ।

प्लेयर अफ दी म्याच नेशनल इन्फोटेक(एनआई) का वासिम अलि मन्सुरी घाेषित भए ।

प्रतियोगिताको दाेस्राे तथा अन्तिम सेमिफाइनल खेल बिहीबार ग्लोबल बिजनेश कलेज र वीरगन्ज पब्लिक कलेजबिच हुने आयोजक ले बताए

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.