Home समाचार आमसञ्चार माध्यम प्रवर्द्धन तथा नियमन समितिद्वारा पत्रकारहरुका लागि आपतकालीन कोष खडा गर्ने निर्णय

आमसञ्चार माध्यम प्रवर्द्धन तथा नियमन समितिद्वारा पत्रकारहरुका लागि आपतकालीन कोष खडा गर्ने निर्णय

by अंकुश दैनिक
2 views

वीरगन्ज ।

वीरगञ्ज महानगरपालिका आमसञ्चार माध्यम प्रवर्द्धन तथा नियमन समितिले पत्रकारहरुको लागि आपतकालीन कोष खडा गर्ने निर्णय गरेको छ ।

आम सञ्चारमाध्यम प्रवर्द्धन तथा नियमन समितिका संयोजक ध्रुव अधिकारीको अध्यक्षतामा बिहीबार बसेको वैठकले वीरगञ्जका श्रमजीवी पत्रकारहरुका लागि आपतकालीन अवस्थामा तत्काल सहयोग र राहत उपलब्ध गराउन कोष निर्माण गर्ने निर्णय गरेको हो ।

बैठकले कोष खडा गर्ने सम्बन्धमा महानगरका मेयर राजेशमान सिंहसँग परामर्श गरी पारदर्शी रुपमा कोष संचालनको कार्य विधि समेत बनाउने निर्णय समेत गरेको छ ।

त्यसैगरी बैठकले बीरगन्ज महानगरपालिकाले प्रदान गर्दै आएको लोककल्याणकारी विज्ञापन प्रकाशन प्रशारणको प्रभावका सम्बन्धमा संयोजक ध्रुव अधिकारीको नेतृत्वमा समिति गठन गरी अनुगमन गर्ने जिम्मेवारी समेत तोकेको छ ।

बैठकमा समितिका सदस्यहरु वृजलाल पासवान,अमित साह,मनोज पटेल, अमित अग्रवाल, माधुरी महतो, मुस्कान श्रेष्ठ,सदस्य सचिव हरिओम प्रसाद चौधरी, महानगरपालिकाका प्रशासन प्रमुख राज ताम्राकार लगायतको सहभागिता रहेको थियो ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.