Home समाचार पोखरा विमानस्थलको ऋणलाई अनुदानमा परिणत गर्नुपर्ने अभियानको माग

पोखरा विमानस्थलको ऋणलाई अनुदानमा परिणत गर्नुपर्ने अभियानको माग

by अंकुश दैनिक
2 views

बारा ।
बारामा राष्ट्रिय स्वाधीनता, बिआईआर ऋणजाल र पोखरा अन्र्तराष्ट्रीय विमानस्थल विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । राष्ट्रीय एकता अभियान बाराको आयोजनामा अन्तरक्रिया सम्पन्न भएको हो ।

कार्यक्रम संयोजक तथा समाजसेवी हरि प्रसाद थपलियाको अध्यक्षतामा सम्पन्न कार्यक्रमलाई सम्बोधन गर्दै अभियानका केन्द्रीय संयोजक विनय यादवले राष्ट्रिय स्वाधीनताको संरक्षणका लागि सबै एकबद्ध हुनुपर्नेमा जोड दिएका छन् । साथै उनले पोखरा अन्र्तराष्ट्रिय विमानस्थलले विकास र समृद्धिमा पार्ने प्रभावसँगै त्यसको सञ्चालनका विविध आयामका बारेमा चर्चा गरे । पोखरा अंतराष्ट्रीय विमानस्थलको ऋणलाई नेपाल सरकारले चीन सङ्ग बार्ता गरी अनुदानमा परिणत गर्न आवश्यक रहेको जिकीर गर्नु भएको थियो। बिआरआई ऋणजाल फसाई चीनले तिब्बत जस्तै नेपाललाई आफ्नो अधीनमा पार्न खोजेको आरोप समेत लगाउनु भएको थियो।

कार्यक्रममा अभियानका संरक्षक सेवक सौरभनाथ, उद्योग बाबाणिज्य संघका पूर्व अध्यक्ष ओमप्रकाश सिकरिया, सिमरा कलेजका व्यवस्थापक गीता शर्मा, सिमरा महिला सहकारी अध्यक्ष मुना खरेल, मानवाधिकार कर्मी लक्ष्मण साह, नगर उद्योग वाणिज्य संघका रामबाबू साह, पा्रध्यापक अनिल चौधरीलगायत ले आपनो धारणा राखेका थिए ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.