Home Top News माघ १३ गतेदेखि ‘समुदायमा कांग्रेस’ अभियान

माघ १३ गतेदेखि ‘समुदायमा कांग्रेस’ अभियान

by अंकुश दैनिक
6 views

काठमाडौँ ।

नेपाली कांग्रेसले यही माघ १३ देखि २६ गतेसम्म ‘समुदायमा कांग्रेस’ अभियान सञ्चालन गर्ने भएको छ।

अभियानअन्तर्गत समुदायमा पुगेर जनताका अपेक्षा, सुझाव र गुनासा सुन्ने, स्थानीयस्तरमा सेवा प्रवाहको अवस्था, विकास निर्माण र समुदायमा भएका असल अभ्यासको अवलोकन गरिने कांग्रेसले जनाएको छ।

जनताबाट आएका सुझावलाई कार्यान्वयनका लागि पहलकदमी लिने तथा महासमिति बैठकलगायत पार्टीको नीति निर्माणका क्रममा नीतिगत मार्गदर्शनका रुपमा लिने अभियानको उद्देश्य रहेको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

उक्त अभियानका लागि जिल्लास्तरमा केन्द्रीय प्रतिनिधि खटिसकेको र केन्द्रीय प्रतिनिधिसँग समन्वय गरी जिल्ला कार्यसमितिबाट माघ १५ गतेसम्ममा सबै ६ हजार ७४३ वटै वडामा प्रतिनिधि खटिने उनले बताए। केन्द्रीय पदाधिकारीहरू अभियानमा विभिन्न स्थानमा सहभागी हुने यो अभियान मूलतः वडा केन्द्रित रहने कांग्रेसको भनाइ छ।

जनताका कुरा सुन्ने अभियान भएको हुँदा औपचारिक आसन ग्रहण र मन्तव्यलगायत कार्यक्रम रहने छैनन्। माघ १६ गते शहीद दिवसका दिन विशेष कार्यक्रमसहित अभियानको पहिलो चरण प्रारम्भ हुनेछ। उक्त दिन छ हजार सात सय ४३ वडामा मात्र कार्यक्रम हुनेछ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.