Home Top News राष्ट्रिय सभा सदस्यमा मधेसबाट सत्ता गठबन्धन निर्वाचित

राष्ट्रिय सभा सदस्यमा मधेसबाट सत्ता गठबन्धन निर्वाचित

by अंकुश दैनिक
5 views

विरगंज ।

मधेस प्रदेशबाट राष्ट्रिय सभाको निर्वाचनमा सत्ता गठबन्धन विजयी भएको छ । नेपाली कांग्रेसका आनन्दप्रसाद ढुंगाना र जनता समाजवादी पार्टी जसपाकी पूजा चौधरी निर्वाचित भएका हुन् ।

मधेसमा दुई सिट खाली रहेकामा त्यसकै लागि मतदान भएको थियो । पाँच जनाले उम्मेदवारी दिएकामा दुई जना निर्वाचित भएका हुन् ।

ढुंगानाको ७ हजार ३७० तथा चौधरीको ७ हजार ९२९ मतभार आएको थियो । मधेसमा कूल मतभार १० हजार ८३९ रहेको थियो ।

अन्य उम्मेदवारमा एमालेका तर्फबाट उषादेवी थरुनी र विजेता झा तथा जनमत पार्टीबाट रामाशंकर महासेठ उम्मेदवार रहेका थिए ।

१३६ पालिकाबाट सबैले मत खसाले भने प्रदेश सभाका १०७ जना सांसदमध्ये लोसपाका सांसद अभिराम शर्माले मतदान गरेनन् ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.